१२ दिनसम्म परिक्षण नभएपछि क्वारेन्टाईनबाट भागे नौमुलेका २१ जना कोरोना संक्रमित

दैलेख । जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गइरहेको बेला दैलेख नौमुले गाउँपालिकाको भैरव माध्यामिक विद्यालयमा रहेका २१ जना कोरोना संक्रमित विहिवार राती भागेका छन् । कोरोना संक्रमित भएको १२ दिन वितिसक्दा पनि थप परिक्षण नभएको भन्दै संक्रमित भागेका हुन ।

कोरोना पुष्टि भएकाहरु २१ जना क्वारेन्टाईनबाट भागेर गाउँतिर लागेको नौमुले गाउँपालिकाले जनाएको छ । भागेर गाउँ पुगेका संक्रमितको खोजी गर्न ईलाका प्रहरी कार्यालय प्रहरी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले जानकारी दिए । ‘प्रहरीले राति नै केही कोरोनाका विरामीहरुलाई गाउँबाट फर्काएर क्वारेन्टिनमा ल्याएको छ ।’ उनले भने ‘कोरोना संक्रमण देखिएको १२ दिन नाघिसक्दा पनि थप परीक्षण नभएको भन्दै उनीहरु क्वारेन्टिनबाट भागेका हुन् ।’ २ जना महिला सहित ९२ कोरोना संक्रमित भैरवी माविको क्वारेन्टाईनमा बस्दै आएका थिए ।

क्वारेन्टिनबाट भागेका केही व्याक्तिलाई विहिवार राती नै क्वारेन्टाईनमा ल्याएको थियो भने । केही संक्रमितलाई ल्याउनको लागि प्रहरी गाउँ गाउँमा पुगेको नौमुले इलाका प्रहरी कार्यालयले जनाएको छ । संक्रमितको खोजतलासको लागि अहिले जिल्लाबाट नौमुलेमा थप प्रहरी टोली परिचालन भएको छ । दैलेख मुकामबाट नौमुले पुग्न गाडीमा १ घण्टा लाग्छ । कोरोना संक्रमित भागेको खवर आएपछि जिल्लाबाट सहयोगका लागि थप प्रहरी परिचालित भएको दैलेखका प्रहरी प्रमुख (डिएसपी) हरीबहादुर ओलीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 388 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली