स्याङ्जामा कोरोना जितेर ३४ जना घर फर्किए, थपिए २२ नयाँ संक्रमित

स्याङ्जा । स्याङ्जामा शनिबार ३४ जना कोरोना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् भने २२ जना संक्रमित थपिएका छन् । हालसम्म स्याङ्जामा कोरोना संक्रमण जित्नेको संख्या ५६ पुगेको छ भने संक्रमितको संख्या १ सय ५९ पुगेको छ ।

कालिका सामुदायिक अस्पताल हेलुमा रहेका ३४ जना संक्रमितको दोस्रो परिक्षण नेगेटिभ आएपछि उनीहरुलाई शनिबार घर पठाइएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । अस्पतालमा रहेका ४१ जना संक्रमितको दोस्रो परिक्षणका लागि स्वाव संकलन गरी पठाइएकोमा ७ जनाको भने दोस्रो परिक्षण पनि पोजेटिभ नै आएको छ भने अन्यको नेगेटिभ आएको छ । शनिबार घर फर्कनेहरुमा गल्याङ नगरपालिकाका १६ जना, वालिङका १० जना, आँधीखोला गाउँपालिकाका ४ जना, अर्जुनचौपारी गाउँपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना रहेकोको प्रजिअ क्षेत्रीले बताए ।

अहिलेसम्म स्याङ्जामा कोरोना संक्रमणबाट दुई जना पुरुषले ज्यान गुमाएका छन् । कोरोनामुक्त भएकाहरुलाई, भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनाल, वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण, स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्मा, स्वास्थ्यकर्मीलगायतले कोरोना संक्रमण निको भएकाहरुलाई बिदाई गरेका थिए । शनिबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको रिपोर्टमा १२ महिने बच्चासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

एकै घरका श्रीमन, श्रीमती र बच्चासहित २२ जनामा संक्रमण देखिएको छ । १७ पुरुषसहित ६ महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । नयाँ थपिनेमा अर्जुनचौपारी गाँउपालिकाका १९ जना रहेका छन् भने पुतलीबजार नगरपालिकाका १ पुरुष, बिरुवाका १ पुरुष र वालिङका १ पुरुष रहेका छन् । थपिने संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका मानिसहरु हुन् । संक्रमितहरुलाई थप उपचारका लागि आइसोलेसनमा ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

जिल्लामा ११ पालिका मध्ये अहिलेसम्म फेदिखोला गाउँपालिका बाहेक सबैमा कोरोना संक्रमण देखिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार पुतीबजार २, वालिङ ३४, गल्याङ् ३१, भीरकोट १, र चापाकोट नगरपालिकामा १६ जना संक्रमित भेटिएका छन् भने आँधीखोला ४, विरुवा २, हरिनास २, कालीगण्डकी १५ र अर्जुनचौपारी गाँउपालिकामा ३७ जनामा कोरोना संक्रमण भेटिएको छ । संक्रमण देखिएका मध्ये सबै भन्दा बढी अर्जुनचौपारी गाउँपालिका रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ