Thursday, August 5, 2021
Homeप्रदेशप्रदेश ७बैतडीमा क्वारेन्टाइनका भान्सेको मृत्यु

बैतडीमा क्वारेन्टाइनका भान्सेको मृत्यु

,
sharethis

बैतडी । बैतडीमा क्वारेन्टाइनका एक भान्सेको शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय पुरुष रहेका छन् । मृतक ती व्यक्ति दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेका व्यक्तिहरुका लागि खाना पकाउने काम गर्दै आएका थिए । शनिबार बिहान ११ बजे घरमा एक्कासी बिरामी भएका ती व्यक्तिको उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक ती व्यक्ति २ महिनादेखि क्वारेन्टाइनमा खाना बनाउने काममा रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए ।

मृतकको कोरोना परिक्षण गरिने
क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिको मृत्यु भएकोले मृतकको कोरोना परीक्षण गरिने भएको छ । मृतकको स्वाब संकलन गरी पिसिआर परिक्षणको लागि धनगढी पठाइने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताए । मृतकको शव कसरी व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा समेत छलफल भइरहेको उनले बताए ।

आवश्यक प्रक्रिया पुर्याएर परिवारकै सदस्यले मानेपछि शव व्यवस्थापन गर्न परिवारलाई जिम्मा दिने नत्र नेपाली सेनाले व्यवस्थापन गर्ने डाक्टर जोशीले बताए । दशरथचन्द नगरपालिकामा हाल ३० जना कोरोना संक्रमित रहेका छन् । भने बैतडी जिल्लाभरी २०६ जनामा कोरोना पुष्टि भएको छ ।

(Visited 141 times, 1 visits today)

आजको समाचार

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

साताका लोकप्रिय समाचार

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

माधव निकटको युवा संघको काठमाडौं जिल्ला कमिटी गठन

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपालको काठमाडौं जिल्ला कमिटी गठन भएको छ । गौरिशंकर राणाको अध्यक्षतामा...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

  काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

कांग्रेस पदाधिकारीे बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीे बैठक आज बस्दैछ । दिउँसो ३ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने प्रवक्ता...

ट्रेन्डिङ

राप्रपाको एजेन्डा र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चाहे आन्दोलन होस् वा चाहे चुनाव जुन बाटोबाट हुन्छ पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्ताहरुलाइ...

नेपालले ओमनलाई दियो २५० रनको लक्ष्य

काठमाडौँ । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा ओमानलाई जीतका लागि २५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)