घरबाटै शाहरुख गर्दै छन् काम

नयाँ दिल्ली । कोरोना भाइरसको महामारीका कारण विश्वमै प्रभाव परेको छ । यस्तो समयमा धेरै मानिस घरबाटै काम गर्न बाध्य भएका छन् । विश्वकै ठूलो फिल्म उद्योगमध्येको एक बलिउड पनि कोरोना भाइरसको महामारीका कारण ठप्प छ ।

फिल्महरूको सुटिङ पूर्ण रूपमा बन्द रहेको छ । जसका कारण चलचित्र उद्योगमा ठूलो घाटा भइरहेको छ । यस्तो अवस्थामा बलिउडका किङ अर्थात् शाहरुख खान पनि घरबाट नै काम गरिरहेका छन् । नायक खानको एक भिडियो इन्टरनेटमा छाएको छ । सो भिडियोमा किङ खान आफ्नो घरको बालकुनीमा सुट गर्दै गरेको देखिन्छ । भिडियामा शाहरुख खानले आफ्नो बंगला मन्नतको बालकुनीमा उभिएर केही भिडियो लिँदै गरेको देखिन्छ । भिडियोमा क्यामेरा र लाइट्स पनि स्पष्ट रूपमा देखिएको छ । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । समर्थकहरू यो भिडियो हेरेर उत्साहित देखिएका छन् ।

शाहरुख खान अन्तिमपटक फिल्म जिरोमा देखिएका थिए । फिल्म जिरोमा उनी कैटरिना कैफ र अनुषका शर्मासँग थिए । शाहरुख खानको यो फिल्मले बक्स अफिसमा भने कुनै प्रभाव पार्न सकेन । त्यसपछि खानले कुनै फिल्म गरेका छैनन् । तर, लकडाउनको अवधिमा भएको यो भिडियोपछि समर्थक उत्साहित भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आर्थिक महानगरमा हरायो अर्थको कुरा, चौतर्फी राजनीति रापताप