काठमाडौं उपत्यका बाहिर जान नयाँ पासको ढाँचा सार्वजनिक, यसरी लिन सकिन्छ

काठमाडौं । काठमाडौं उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासको ढाँचा सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासको ढाँचा सार्वजनिक गरेको हो । सवारी पास पाउन अबदेखि निवेदकले कार्यालयले जारी गरेको ढाँचाअनुसार निवेदन दिनुपर्ने छ ।

सार्वजनिक ढाँचामा यात्रुहरूको नाम, उमेर, स्थायी ठेगाना र सम्पर्क नम्बर स्पष्ट लेख्नुपर्नेछ । साथै जाने स्थान, जाने मिति, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्छ ।

निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिश वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपीसमेत समावेश गर्नुपर्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 477 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग