Tuesday, February 25, 2020
Home Not-to-be-missed कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या करिब १ हजार ४०० पुग्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या करिब १ हजार ४०० पुग्यो

बेइजिङ । चीनको हुबेइ प्रान्तको उहानबाट शुरु भएको कोरोनाभाइरसबाट सङ्क्रमित भई ज्यान गुमाउनेको संङ्ख्या करिब १ हजार ४०० पुगेको शुक्रबार प्राप्त एक समाचारमा जनाइएको छ ।

शुक्रबार चीनको भाइरस महामारीको कारण मर्नेको संख्या १ हजार ३८० पुगेपछि अमेरिकाले बेइजिङबाट पारदर्शिताको अभाव भएको गुनासो गरेको छ ।

हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको यो भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकले ‘कोभिड–१९’ नाम दिएका छन् ।

प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । पछिल्ला केही दिनमा नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ ।

पछिल्लो समयमा निको भएर घर फर्किएका बाहेक हाल सङ्क्रण भइ उपचार गराइरहेका बिरामीको सङ्ख्या झन्डै ६५ हजार पुगेको छ ।

यस सङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ ।

स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार हाल चीनमा सङ्क्रमित भएका बिरामीमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ ।

उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखापरेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका थिए ।

Loading comments...

HAMRO PATRO

प्रमुख

क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्छ : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन्। अस्पतालको आज...

मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको...

कर्णाली नदीमा जीप खस्यो, एक जनाको मृत्यु

कालिकोट । कालिकोट जिल्लाको जिते बजारस्थित कर्णाली नदीमा जीप खसेको छ । रास्कोटदेखि यात्रु बाेकेर लालिघाटका लागि हिँडेको लु. २...

मालबाहक गाडी बायाँ लेनमा मात्र

काठमाडौं । उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन सुर्यविनायक–जडिवुटी सडकखण्डमा यात्रुवाहक तथा मालवाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी...

भर्खरै

वडाध्यक्ष पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण

चितवन । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टी संसदीय दल र केन्द्रको समर्थन...

दिल्ली हिंसामा ७ को मृत्यु

नयाँ दिल्ली । नागरिकता कानुन संशोधन (सीएए) को विरोधमा सुरु भएको प्रदर्शनका क्रममा उत्तरपूर्वी दिल्लीमा हिंसात्मक भिडन्त भएको छ ।

एउटै गीतमा ४० कलाकार

काठमाडौं । चलचित्रको एउटा गीतमा दुई÷चार जना अभिनेता अभिनेत्रीको नृत्य हुने गर्दछ । तर, हास्यप्रधान चलचित्र ‘हिजो आजका कुरा’को गीत ‘जदौ माया...

महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : ट्रम्प

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाएका छन् ।

धेरै पढिएका

ई-पेपर