विद्यालयमै मिलापत्र गरियो यौन दुर्व्यवहार घटना

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ स्थित माध्यमिक विद्यालय पट्ना भञ्ज्याङ्गमा कार्यरत शिक्षकले बिद्यालयको छात्रा माथि यौन दुब्र्यवहार गरेको घटनालाई लेनदेनमा मिलापत्र गरेको सार्वजनिक भएको छ ।

बिद्यालयका शिक्षक आनन्दकुमार यादवले सोही बिद्यालयमा अध्यायनरत छात्राको संवेदनसिल अंग समाएर यौन दुब्र्यवहार गरेको घटनालाई बिद्यालय प्रशासन र अभिभावक बसि लेनदेनमा मिलापत्र गरेको एक शिक्षकले जानकारी दिए । यौन दुब्र्यवहार जस्तो जघन्य घटनालाई लेनदेनमा मिलापत्र गर्नु आश्चर्यजक रहेको स्थानीयबासीको भनाई रहेको छ ।

बिद्यालयका प्रधानाध्यापक प्रेम खत्रीले बिहिबार दुबै पक्ष बीच आपसी छलफल गराई मिलापत्र गरिएको स्थानीयल बताए । बिद्यालयका छात्रालाई गत बुधबार बिहान विद्यालयको प्रार्थनामा उपस्थित नभएको भन्दै शिक्षक यादबले कक्षा कोठामै गएर संवेदनशिल अंग समाएको बताएका छन । सो घटना बाहिर आएपछि छलफल गरिएको बताईएको छ ।

वडाअध्यक्ष कमल श्रेष्ठले आफु कटारी नगरपालिकाको काममा रहेका बेला अभिभावकले फोन गरेर घटनाका विषयमा जानकारी गराएको बताए । श्रेष्ठले अभिभावकलाई छलफलमा नबस्न र तुरुन्त कानुनी कार्वाहीका लागि जाहेरी दिन कटारी बजार आउन आग्रह गरेपनि अभिभावक नआएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै रद्द : आयोग