काठमाडौँ । नेपालमा थप ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३६४ पुरुष र ११२ महिला गरी कूल ४७६ मा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै सङ्क्रमितको सङ्ख्या १३ हजार २४८ पुगेको छ । तीमध्ये एक हजार ५८६ महिला र ११ हजार ६६२ पुरुष रहेका छन् । त्यस्तै कोरोना निको हुनेको सङ्ख्या ३ हजार १३४ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । हालसम्म नेपालका ७७ वटै जिल्लामा नै कोरोना सङ्क्रमित भेटिएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)






