नौमति बाजा बजाएर बाँकेमा यसरि गरियो रोपाइँ (फोटोफिचर)

बाँके । १७ औ राष्ट्रिय धान दिवश बाँकेमा मनाईएको छ । बाँकेको खजुरा गाउपालिकाले वडानं. ३ को धैलागिरिमा धान रोप्ने कार्यक्रम आयोजना गरी धान दिवस मनाईएको छ ।

खजुरामा आयोजित कार्यक्रममा गाउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुराले कृषि क्षेत्रलाई प्रथामिकतामा राखेर बजेट ल्याएको बताए । उनले कोभिड–१९ को महामारीको बीचमा स्वरोजगार सृजना गर्ने कृषि क्षेत्र भएको बताउदै कृषि क्षेत्रलाई प्राथामिकतामा राखेको बताए ।

बाँके खजुुरा–२ केगाउँका किसान गेहेन्द्र धितालले लकडाउनको कारण किसानले मल विउको अभावका बीचमा पनि धानको बिउको जोहो गरेर धान रोप्न सुरु गरेको जानकारी दिए । उनले बिउको जोहो गरिए पनि राशायनिक मलको अभाव हुन नदिन आग्रह गरे ।

राष्ट्रिय धान दिवसको अवसरमा नौमति बजाका साथ बाँकेको धौलागिरीमा धान रोपाई गरिनुको साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

अन्नको भण्डारका रुपमा चिनिने बाँकेमा धमाधम रोपाइँ सुरु भएको छ । समयमै बर्षा भएका कारण यो पाली बाँकेका किसानहरु धान रोपाईमा व्यस्त भएका छन् । बाँकेमा अहिलेसम्म ४० प्रतिशत रोपाइँ सकिएकोे कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले जानकारी दिए ।

गतबर्ष असार १५ सम्म किसानहरुले धानको व्याड राख्नमै व्यस्त हुने बाँकेका किसान यो बर्ष समयमै बर्षात भएको तथा सिचाईको बैकल्पिक व्यवस्थाका कारण रोपाइँ छिटो सुरु भएको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख ढकालको भनाइ छ ।
हुन त असार १५ भित्र धान रोपाइँ सम्पन्न गरेर किसानहरुले हर्षबढाई गर्दै आज दहि चिउरा खाएर खुसीयाली मनाउने दिन हो । तर पछिल्ला बर्षहरुमा बर्षाका कारण रोपाइँ प्रभावित हुँदा किसानहरु असार १५ मा खेतमै व्यस्त हुने गर्छन् ।

यसैबीच कृषि ज्ञान केन्द्र बाँके र बेलासपुर करमोहना कृषि स्मार्टगाउको आयोजनामा नेपालगन्ज–१२ को बेलासपुरमा धान दिवसको कार्यक्रम आयोजना गरिएको थियो । बाँकेमा ३६ हजार ५ सय हेक्टर धान खेती हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो