छाउगोठ : अलपत्र निर्देशिका, छरपस्ट पिडा

दैलेखको आठविस नगरपालिका सात्तलामा असुरक्षित छाउपडी छाप्रोमा बसेकी एक महिला । तस्वीर : भक्तबहादुर शाही⁄ दैलेख

दैलेख । चामुण्डाविन्द्रासैनी नगरपालिका –३ सिमसेर कि ३० वर्षीया विमला तामाङले महिनावारी नबार्ने गरेको ९ वर्ष भयो । आफु घरमा एक्लै हुँदा खाना बनाई दिने मान्छे कोही नभएपछि बाध्यता भई महिनावारी नबार्ने गरेको खुलासा गरिन् । ‘नौ वर्षदेखि छुई हुँदा म घरमै बसेँ देउता रिसाएन’, उनले भनिन् ।

तर सोही नगरपालिका ३९ वर्षीया मामसरा रावत भने देवी देवता रिसाएर आफ्नो जहानपरिवारलाई बिरामी बनाई दिने, असफल पारिदिने भएकाले महिनावारी भएको समयमा कुनैपनि हालतमा घरमा नबस्ने बताइन् । ‘मैले पाखा लागेका बेला (महिनावारी) भएको पाँच दिनमै घरमा आएर खाना बनाउँदा भैंसी गोठमै म¥यो, कसरी घर बस्ने ।’ जोतिष हेराउँदा पनि घरमै बसेको दोष लगायो’, उनले थपिन् ।

‘महिनावारी परम्परादेखि चलिआएको चलन भएकाले छाड्न सकिन्न’, सोही ठाउँकी अर्जुना शाही बताइन् । ‘महिनावारी भएको बेला दही दुध खाने मन लाग्छ तर देउता रिसाउने हुँदा खान पाइदैन ।’ अब घरभित्र नै बस्ने चलन सरकारले ल्याएको आफु खुशी भएको बताइन् । विशेष गरी साउन भदौको महिनामा खेतबारीमा काम गर्ने जानुपर्ने भएको महिनावारी रोक्नको लागि सुइ (इन्जेक्सन) लगाउने र औषधी खाने गरेको भद्रा शाहीले बताइन् ।

दैलेखका पश्चिम आठविस नगरपालिका, ठाटिकाँध गाउँपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, भैरवी गाउँपालिका दुल्लू नगरपालिका छाउपडी गोठ भत्काए पनि छाउ बार्ने गरेको स्थानीय महिला बताउँछन् । ‘सरकारले गोठ भत्कायो के भयो । घरमा बसे देउता रिसाउँछन् । हामी त छुइ भएका बेला गोठै बस्छौं, देउताले सुख दिँनैन’, उनीहरु भन्छन् ।

नेपाल सरकारले छाउपडी प्रथालाई कुरिती घोषणा गर्नलाई निर्देशिका जारी गरेपनि, छाउपडीका गोठ भत्काउन सरकार गाउँ पुगेपनि निर्देशिका लिएर गाउँमा जान नसकेको स्थानीयबासी आरोप छ । बरजस्ती गोठ भत्काई संख्याका आधार धेरै गोठ भत्काएपनि मन भित्रका छाउपडी गोठ भत्काउन नसकेको ठाटिकाँध १ का नामबहादुर शाहीले बताए । उनले भने, ‘सरकार भौतिक संरचना भत्काउन लाग्यो । निर्जिव न बोल्छ न बुझ्छ । हामीले मनबाट छाउपडी गोठ भत्काउन सके मात्र महिला सुरक्षित हुन्छन् ।’

सर्वोच्च अदालतको ०६२ बैशाख १९ को आदेश अनुसार सरकारले ०६३ बैशाख २६ गते छाउपडी प्रथालाई कुिरति घोषणा गर्नुका साथै निर्देशिका र आवश्यक कानुन निर्माण गरेको थियो । प्रथा कार्यान्वयनका लागि जिल्ला विकास समिति संयोजक र महिला विकास कार्यालयलाई सदस्यसचिव रहने निर्देशिकाले तोकेको छ ।

सोही बस्तीका गमबहादुर शाही भने, ‘घरमा कोही मान्छे बिरामी हुँदा धामी झाँक्रीले महिनावारीलाई दोष दिन्छन् । ‘बिरामी हुने ग्रह दशाले भेटाएर हो वा महिनावारीका कारण हो छुट्टयाउन सकिएको छैन ।’ चामुण्डा उच्च मावि कक्षा १२ मा अध्ययरत छात्रा जमुना रावतको देवता रिसाएर घरभित्र बस्न दिँदैन भने सबै मिलेर सुधारिएको छाउपडी गोठ बनाउनुपर्ने भनाई छ । महिनावारी भएको बेला सबै अलग अलग बस्ने भएकाले नियास्रो समेत लाग्ने गरेको बताइन् । उनले भनिन्, ‘साथीहरुसँग रमाएर बस्न पाए राम्रो हुन्थ्यो ।’

आठ वर्षअघि सन २०१२ मार्च ८ मा एकसय दुई औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर छाउपडी प्रथा अन्त्य गर्ने जिल्लाका एभरेष्ट क्लव, महिला सशक्तिकरण मञ्च र सामाजिक सेवा केन्द्र सोसेकले अभियान थालिने प्रेस विज्ञप्ती मार्फत जानकारी गराएपनि त्यो अभियान कागजमा मात्र सिमित रह्यो । महिनावारी भएको बेला महिलाले गोठमै बस्नु प¥यो । साविकको तोलीजैसी, सात्तला र लकान्द्र गाविसमा महिला सशक्तिकरण जनचेतनामुलक कार्यक्रम गरेपनि महिलाले छाउपडी बार्न छाडेनन् । छाउपडी प्रथा कम गर्न लक्ष्य नै हो प्रत्येक गाउँपालिका र नगरपालिकामा छलफल कक्षा सञ्चालन गरेर महिला र पुरुषमा चेतना जगाउनु पर्छ, ठाटिकाँधका टेकबहादुर रोकाय बताए ।

महिनावारी बेलामा अधिकांश ग्रामीण भेगका महिला बढी यौन हिंसा र बलात्कारका घटनाबाट पीडित हुने, सर्पले टोक्ने, जंगली जनावरको आक्रमणमा पर्ने, दुग्धजन्य पदार्थ, पोषणयुक्त खाने कुरा नदिई कमजोर हुने, आराम चाहिने समयमा बढी श्रम गर्नुपर्ने, विद्यालय जान नपाइने, धारामा समेत जान नदिनु जस्ता परम्परागत रुढीबादी कुराले महिलाहरु धेरै कुराबाट बञ्चित हुने गरेकाले घटना न्यूनीकरणका लागि अभियान थालिएको थियो । केही बर्ष अगाडी चामुण्डा विन्द्रासैनी नगरपालिकामा दुई जना महिलाको छाउ ’boutकै छाउगोठमा मृत्यु भएको थियो । छाउगोठ भत्काउने अभियानले दैलेखमा २ सय ४३ छाउगोठ भत्काएपनि झनै त्रिपाल हालेर महिलाले छाउ बार्ने गरेकाले नारीको पिडा झनै छरपस्ट भएको बुद्धिजिवीको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 344 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनराज र मञ्जु जीत नजिक