पूर्व मन्त्री तामाङको पहलमा ५० करोडको खानेपानी योजना सुरु हुँदै

सिन्धुपाल्चोक । बर्षेदेखि खानेपानी समस्याबाट आजित सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकामा अब भने खानेपानी समस्या सधैंको लागि समाधान हुने भएको छ । लामो समयदेखि खानेपानी समस्या झेल्दै आएका इन्द्रावतीबासीका लागि इन्द्रावती वृहत्तर खानेपानी आयोजना सुरु हुने भएपछि यहाँको खानेपानी समस्या समाधान हुने भएको हो ।

इन्द्रावती गाउँपालिकाको वडा नम्बर ४ देखि १२ वडासम्मका स्थानीयका लागि खानेपानी समस्या समाधानका लागि पूर्व कानुन मन्त्री एवम यस क्षेत्रका संघीय सासंद शेरबहादुर तामाङको पहलमा आउने आर्थिक वर्षमा ४९ करोड ४१ लख ९२ हजार रुपैयाँ बराबरको आयोजना सुरु हुने भएको छ । आयोजना सुरुवातका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाले टेण्डर समेत आह्वान गरिसकेको छ ।

पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा इन्द्रावती र साँगाचोकलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको थियो । सोही घोषणा पनि यो वर्ष खानेपानी समस्या दीर्घकालका लागि समाधानका लागि ५० करोड बारबारको योजना विनियोजन भएको पूर्व कानुन मन्त्री एवम सासंद शेरबहादुर तामाङले जानकारी दिए ।

आयोजनाका लागि सभामुख अग्नि प्रसाद सापकोटाको बिशेष आफ्नो निरन्तरको प्रयास र स्थानीय जनप्रनिधिहरुको सहयोगमा यस क्षेत्रका खानेपानी समस्या समाधानका लागि आयोजना स्वीकृत गर्न सफल भएको सासंद तामाङले बताए । खानेपानी आयोजनाको जिल्ला खानेपानी डिभिजन कार्यालय सिन्धुपाल्चोक र ईन्द्रावती गाउँपालिकाको संयुक्त लगानीमा सर्भे गरिएको इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङ्गले जानकारी दिए ।

आयोजना समयमा नै सम्पन्न गर्नका लागि वडा स्तरमा समेत समिति गठन भएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए । प्रारम्भीक सर्भे गर्दा गाउँपालिकाका वडा नं. १, २ र ३ पुरै र वडा नम्बर ६ को तिनघरे, बसन्तपुर, वितलब र तीनढुंगेका ३ सय घरधुरी, वडा नं ८ सुन्दरीपुरका ३५ घरधुरी, वडा नं ९ सिपाटार तल्लो तामाङ बस्ती ७५ घरधुरी लाई प्रत्यक्ष फाइदा हुने छ ।

त्यस्तै वडा नं १० झोलुङ्गे ९२, मरनडाँडा मसार ३५ घरधुरी र वडा नं ११ बिसदेउटार ६३ घरधुरी छुट हुन गएपनि पछि सासंद तामाङको पहलमा ती बस्तीहरुमा समेत आयोजनाका लागि समेटेको हेटौंडाका कामु आयोजना प्रमुख मोहनलाल जैसीले बताए ।

छुट हुन गएको वडा नं १,२ र ३ लाई पनि यस आयोजनामा समेट्नुपर्ने स्थानीयको जोडदार माग गाउँपालिकामा पेस भएको छ । छुट हुन गएको वडाहरु मध्ये वडा नं २ र ३ को लागी बसेरी पाछाम खोला कोटडांडा खानेपानी आयोजना क्रमागत रुपमा सम्पन्न गर्न केन्द्रीय बजेटमा समेटी सकिएको र आ.व. २०७७÷७८ का लागि रु. ५० लाख बिनियिजन समेत भएको सासंद तामाङ्ले बताए ।

त्यसैगरी वडा नम्बर १ मा पनि आयोजना सम्पन्न गर्नु अगावै एकघर एकधारा हुनेगरी नयाँ योजना वा सोही आयोजनामा समावेस गरेर खानेपानी पु-याउन सकिने संघीय खानेपानी तथा ढल ब्यबस्थापन विभागका योजना शाखा प्रमुख सि.डि.ई. लक्ष्मी प्रसाद उपाध्यायले जानकारी दिए ।

सबै छुट भएका वडाहरु र बस्तीहरु समेटेर आयोजना सम्पन्न गर्दा सिंङ्गै ईन्द्रावती गाउँपालिकाको खानेपानी समस्याको दीर्घकालीन समाधान हुने नेकपाका जिल्ला अध्यक्ष तथा आयोजनाका उपभोक्ता समेत रहेका झम्क नेपालले बताए । त्यस्तै सुख्खाग्रस्त क्षेत्र घोषीत साँगाचोक क्षेत्रमा संचालित ३४ करोडको हर्रे टुनिबोटे साँगाचोक खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेको सासंद तामाङले जानकारी दिए ।

कोरोना संक्रमणबाट सिर्जित जटिल अवस्था समेत सासंद तामाङको बिशेष पहलमा खानेपानी मन्त्रालयद्वारा बिनियोजित रु. ६ करोड रकमका विभिन्न ४९ वटा साना तथा मझौला आयोजनाहरु मध्ये करिब ४० वटा आयोजनाहरुका सम्झैता भइ हाल कार्यान्वयनको चरणमा सासंद तामाङका स्वकीय सचिव निर्मल बञ्जाराले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 700 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरका ४ महिलालाई पालिका र वडा हाँक्ने जिम्मेवारी