अरुण तेस्रो सुरक्षामा ६५ जना सशस्त्र प्रहरी परिचालन

संखुवासभा । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरक्षामा ससस्त्र प्रहरी परिचालन गरिएको छ । पछिल्लो समय अरुण तेस्रो परियोजनामा आगजनी र बम विष्फोटको घटना बढेपछि सुरक्षाका लागि सशस्त्र परिचालन गरिएको अरुण गुल्म चैनपुरका प्रमुख डिएस्पी बासुदेव महतले जानकारी दिए ।

अरुण तेस्रोको सुरक्षाका लागि अरुण गुल्म चैनपुरबाट ६५ जना सशस्त्र प्रहरी परिचालन गरिएको डिएस्पी महतले बताए । माघ २९ गतेबाट सशस्त्र प्रहरी परिचालन गरिएको उनले बताए । अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका दिदिङको पुखुवा, केराबारी, मकालु गाउँपालिकाको ड्याम साइड फ्याक्सिदा, आमराङ, सोलाखानी र खाँदबारी नगरपालिका–९ तुम्लिङटार स्थित कार्यालयमा ससस्त्र प्रहरी परिचालन गरिएको हो । ससस्त्रले अरुण तेस्रोको सुरक्षमा आवश्यकता अनुसार थप गर्दै जाने बताएको छ ।

अरुण तेस्रोको सुरक्षमा यस अघि ३५ जना नेपाल प्रहरीले सुरक्षा दिइरहेको थियो । भारतिय निर्माण कम्पनी सतलजले अरुण तेस्रो सुरक्षामा १५८ ससस्त्र प्रहरी माग गरेको थियो । विद्युत् गृहस्थल पुखुवा र अरुण तेस्रोको कार्यालय तुम्लिङटारमा नेत्र विप्लव चन्द नेतृत्वको नेकपा समूहले पटक–पटक बम विष्फोट गराएका थिए । अज्ञात समूहले केही समयअघि अरुण तेस्रोको विद्युत गृहस्थल पुखुवामा सुरुङ खन्न राखेको बुमरमा प्रेसर कुकर बम विष्फोट गराउँदा बुमरमा क्षति पुगेको थियो । अरुण तेस्रो परियोजनाको ड्याम साइड फ्याक्सिदामा जय प्रकास एसोसियटस र विद्युत गृहस्थल दिदिङमा पट्टेल इन्जीनियरिङ कम्पनीले कामको जिम्मा लिएका छन् ।

पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना ९ सय मेगावट विद्युत उत्पादन हुने र आयोजना निर्माणका लागि १ खर्ब २० अर्ब खर्च अनुमान गरिएको छ । प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निःशुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । आयोजनाले दुई सय ६९ परिवारको घर तथा जग्गा अधिग्रहण गरेर करिब एक अर्ब २९ करोड रुपैयाँ मुआब्जा पनि बाँडिसकेको छ । यस आयोजनाबाट नेपालले २५ वर्षमा ३ सय ४० अर्ब रोयल्टी, निःशुल्क विजुली, आय कर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे तातोपानी १ वडाध्यक्षमा काँग्रेसका कठायत विजयी