प्रदेश २ सरकारले ३ हजार किलोमिटर सडक बनाउने



जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशको स्तोरन्नतिका लागि संघ सरकारको रणनीतिमा नपरेका करीब ३ हजार ४ सय किलोमीटर सडक निर्माण गर्ने गुरुयोजना अघि सारेको छ ।

शुक्रवार भौतिक पुर्वाधार विकास मन्त्रालयले आफ्नो प्रगति विवरण’bout जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा पहिचान गरिएका ३ हजार ३ सय ९२ किलोमीटरको प्रादेशिक सडक निर्माण गर्ने दिर्घकालिन योजना अघि सारिएको बताएको छ ।

प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रादेशिक लोकमार्ग एक हजार ४ सय ९७, सहायक प्रादेशिक लोकमार्ग १ हजार दुई सय ६१ र अन्य प्रादेशिक सडक ६ सय ३४ गरी कुल ३ हजार ३ सय ९२ किलोमीटर सडक निर्माण गरिने जानकारी दिए ।

उनले भने ५–५ वर्ष गरी १५ वर्षिय दिर्घकालिन योजना अन्तर्गत प्राथमिकताको आधारमा पहिचान गरिएका सडक, पुलपुलेसा सहित मर्मत सम्भार गरिने छ । सडक निर्माणतर्फ ८३ अर्ब १६ करोड, पुलपुलेसा निर्माण तथा मर्मत सम्भारतर्फ १० अर्ब ५३ करोड र सडक मर्मत सम्भारतर्फ ३ अर्ब ७२ करोड खर्च लाग्ने अनुमान गरिएको उनले जानकारी दिए ।

कुल ९७ अर्बभन्दा बढी खर्च अनुमान गरिएको प्रदेशको आम्दानी विभिन्न श्रोत र बजेट गरी प्रतिवर्ष मात्र १ अर्ब ४२ करोड रुपैया रहेको छ । सो सडक निर्माणका लागि बांकी ७२ अर्ब ८९ करोड अपुग रकमको लागि संघ सरकारको सहयोगमा विभिन्न दातृ निकायसँग पहल गर्ने जानकारी समेत मन्त्री सोनलले दिए ।

संघीय सरकारको रणनीतिक सडक सञ्चालमा नपरेका सडक, राष्ट्रिय लोकमार्गबाट जिल्ला सदरमुकाम जोडने सडक, प्रदेशभित्र एक जिल्ला सदरमुकामबाट अर्को जिल्ला सदरमुकाम जोड्ने सडक र दुई राष्ट्रिय लोकमार्ग जोड्ने सडक निर्माण गर्ने सो योजनामा समेटिएको छ ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले सो मन्त्रालय मार्फत १ हजार १ सय ३ किलोमिटर सडक निर्माण गरेको छ । जसमध्ये पक्की र ग्राभेल ३ सय ७५ र कच्ची सडक ७ सय २७ किलोमिटर रहेको छ ।

प्रदेशले साझा जस्तै बस सञ्चालन गर्ने

यसका साथै प्रदेश सरकारले पुर्व सप्तरीदेखि पश्चिम पर्सासम्मका लागि सहुलियत दरको आफ्नै बस सेवा संचालन गर्ने तयारी समेत थालेको छ ।

मन्त्री सोनलले प्रदेश सरकारले तत्काल पाँचवटा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । पहिलो चरणमा बस सञ्चालन गर्न टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए ।

उनले भने ‘टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, केही दिनभित्रै टेन्डर निकाल्ने तयारीमा हामी छौं, यो प्रक्रिया पूरा भएलगत्तै प्रदेश सरकारले आफ्नै बस सञ्चालन गर्नेछ ।’

मन्त्री सोनलले पहिलो चरणमा राजधानी जनकपुरदेखि पूर्व राजविराज र पश्चिम वीरगंजसम्म तथा वीरगंजदेखि राजविराजसम्म बस सञ्चालन हुने बताए ।

प्रशासनिक कामका लागि जनकपुर पुग्नेहरुको समस्यालाई मध्यनजर गरी प्रदेश सरकारले यस्तो योजना ल्याएको भन्दै मन्त्री सोनलले काठमाण्डौंमा सञ्चालन भइरहेको साझा बस अनुसारकै बस खरिद गर्ने तयारी रहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९