काभ्रेमा लकडाउन उल्लंघन गरेका सवारीबाट २० लाख राजश्व संकलन

काभ्रेपलाञ्चोक । सरकारले कोरोना भाइरस संक्रममण नियन्त्रणका लागि गत चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । सरकारले घोषणा गरेको लकडाउनको १ सय दिन बितिसक्यो । हालको लागि लकडाउन खुकुलो भएसँगै सडक सवारी बाक्लै रुपमा गुडेको देखिन्छ । लकडाउन खुकुलो भएपनि सवारी चेकजाँचलाई भने ट्राफिक प्रहरीेले निरन्तरता दिइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सरकारले उपत्यकामा लकडाउन खुकुलो गर्नुको साथै सवारीमा जोर बिजोर प्रणाली लागू गरेसँगै जिल्लामा पनि सडकमा धेरै सवारी गुड्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले बताए । उनका अनुसार लकडाउनको सुरुवाती चरणदेखि नै जिल्लामा लकडाउन कार्यान्वयनमा कुनै सम्झौता गरिएको छैन । ‘पहिलो चरणमा सर्वसाधरणले लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गरेको पाइयो,’ प्रमुख तामाङले भने, ‘सरकारले गरेको निर्णय अनुसार नै सडकमा सवारी सञ्चालन हुन थाल्यो । ट्राफिक प्रहरीले त्यहीँ निर्णय अनुसार नै सवारी चेकजाँच गरिरहेको छ ।’

पछिल्लो समय जिल्लामा लकडाउन उल्लंघन गर्ने सवारीको संख्या बृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको जानकारी छ । कार्यालयका अनुसार लकडाउन उल्लंन गर्नेको सङ्ख्या बृद्धि भएसँगै राजश्व संकलनमा पनि बृद्धि भएको छ । लकडाउनको सय दिनमा जिल्लामा अनावश्यक रुपमा गुडेका २३ सय ५० सवारीलाई प्रहरीले नियन्त्रणमा लिइएको कार्यालयको विवरणमा उल्लेख छ । नियन्त्रणमा लिएका सवारी दिनभर प्रहरी कार्यालयको नियन्त्रणमा रहने र साँझ ट्राफिक नियम अनुसार १ हजार रुपैँया जरिवानापश्चात सवारी छोड्ने कानुनी प्रावधान रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख बिशाल तामाङले बताए । लकडाउन उल्लंघन गरेका उक्त सवारीबाट कार्यालयले २० लाख ४ हजार राजश्व संकलन गरेको उनले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा लकडाउन उल्लंघन गर्ने सवारीको संख्या बृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको जानकारी छ । कार्यालयका अनुसार लकडाउन उल्लंन गर्नेको सङ्ख्या बृद्धि भएसँगै राजश्व संकलनमा पनि बृद्धि भएको छ

कार्यालयको तथ्याङक अनुसार लकडाउनको सय दिनमा प्रहरीले नियन्त्रणमा लिएको ९ सय ४७ ट्रकबाट ८ लाख ८६ हजार, ४ वटा बसबाट २५ सय, ३१ वटा कार/जिप/भ्यानबाट १६ हजार ५ सय र १३ सय ६८ मोटरसाइकलबाट १० लाख ९९ हजार राजश्व संकलन गरेको कार्यालयको विवरणमा उल्लेख छ ।

चैत्र ११ देखि मसान्त सम्ममा लकडाउन उल्लंघन गर्ने २ सय ५० सवारीबाट कार्यालयले १ लाख ७७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार वैशाख महिनामा नियन्त्रणमा लिएका ४ सय सवारीबाट ३ लाख ६१ हजार ५ सय रुपैँया संकलन भएको थियो । त्यस्तै जेठ महिनामा १ हजार ९७ सवारीबाट ९ लाख ५४ हजार रुपैँया राजश्व संकलन भएको कार्यालयले बताएको छ । तुलनात्मक रुपमा हेर्दा जेष्ठ महिनामा धेरै सवारी नियन्त्रणमा परेको देखिन्छ । असार १७ गतेसम्ममा नियन्त्रणमा लिइएका ६ सय ३ सवारीबाट ५ लाख ११ हजार ५ सय रुपैँया संकलन भएको कार्यालयको विवरणमा उल्लेख छ ।

लकडाउनको अहिलेकै मोडालिटीलाई ७ साउनसम्म कायम राख्ने निर्णय सरकारले गरेको छ । असार १ गतेदेखि लकडाउनलाई केही खुकुलो बनाइएको छ । तर, सार्वजनिक सवारी आवागमन अहिले पनि बन्द छ ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग