चुरे मकवानपुर । मकवानपुर जिल्ला अदालतले मुल्तविमा रहेको मुद्दालाई ब्युँताएर घटना भएको २८ वर्षपछि कैद फैसला सुनाएको छ, तर आरोपितअझै फरार छन् । २८ वर्षअघि मकवानपुर जिल्लाको विकट टिष्टुङ गाविस–८, की २८ वर्षीया महिलालाई भारतमा बेचविखन गरेको ठहर गर्दै मकवानपुर जिल्ला अदालतले विहिबार दुई जनालाई २०/२० वर्ष कैदको फैसला सुनाएको हो । अदालतले कैद त फैसला ग¥यो तर उनीहरु अझै फरार नै छन् ।
जिल्लान्यायाधीश सीताशर्मा अधिकारीको इजलासले हेटौंडा उपहमागरपालिका–३, बसामाडीका ५० वर्षीय हर्कलाल गोले र हेटौंडा उपमहागरपालिका–८, की ४७ वर्षीया हरिमाया ग्यावलाई २० वर्ष कैद फैसला गरेको अदालतका स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए । अदालतले दुवैलाई जनहीदुई लाख रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिएको छ ।
गोले र ग्यावको सहयोगमा २८, वर्ष अगाडि वि.स २०४८ साल असोजमा टिष्टुङका मानबहादुर थोकरले ती महिलालाई नक्कली विवाह गरी पाँचदिननबित्दै बेहोस हुने औषधि खुवाएर भारतको मुम्बई पु¥याएर दुई लाख रुपैयाँमा बेचेका थिए ।
बेचविखनमा प्रत्यक्ष सहभागि भएका थोकर हाल क्षेत्रीय कारागार भीमफेदीमा छन् । थोकरकै बयानका आधारमा गोले र ग्यावले ती महिलालाई बिक्री गरेको खुलासा भएको थियो । ती दुई अहिलेसम्म फरार छन् । ‘मुल्तवीमा राखिएको मुद्दा ब्युँत्याएर उनीहरूको हकमा फैसला गरिएको हो’ स्रेस्तेदार कौशिकले भने ।
थोकरले ती महिलालाई नक्कली विवाह गरी हेटौंडा ल्याएका थिए । गोले र ग्याव नातेदार भएको भनेर ग्यावको घरमा छोडेर मानबहादुर भागेका थिए । त्यति बेला ती महिलालाई मानबहादुरले ग्याव र गोलेलाई ५० हजारमा बिक्री गरेको बयामा खुलेको छ ।
मुम्बईस्थित कोठीमा ती महिलाले २० वर्ष कष्टकर जीवन बिताइन् । कोठीमा आएका एक भारतीयको सहयोगमा त्यहाँबाट भाग्न सफल महिलालाई तिनै भारतीय नागरिकले वि.स.२०६८ साल मंसिरमा हेटौंडासम्म ल्याइदिए ।
हेटौंडा आइपुगेकी उनी सोधखोज गर्दै उनी आफ्नो गाँउ टिष्टुङ पुगिन् । महिला अधिकारकर्मीको सहयोगमा २०६९ जेठ २१ गते मानबहादुर विरुद्ध प्रहरीमा उजुरी दर्ता गराइन् । सोही आधारमा मानबहादुर पक्राउ परे र अदालतले कैद फैसलापनि ग¥यो । २०७० जेठ ७, गते जिल्लाअदालत मकवानपुरले मान बहादुरलाई मानब बेचविखन गरेको ठहर गर्दै २० वर्ष कैद र दुई लाख रुपैयाँ जरिमाना समेत तोकेका थियो । अदालतले ढीलै भएपनि पीडितको पक्षमा फैसला सुनाएको मानव अधिकारकर्मीहरुको भनाई छ ।