थप २३२ जनामा कोरोना पुष्टि, संक्रमित सं‌ख्या १५ हजार ४९१ पुग्यो

काठमाडौँ । देशभर गत २४ घण्टामा थप २३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २३२ जनामा सङ्क्रमण भएको जानकारी दिए ।

योसँगै सङ्क्रमितको सङ्ख्या १५ हजार ४९१ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म छ हजार ४१५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २७२ जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै