बागलुङमा क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित क्वारेन्टाइनमा आज बिहान मृत्यु भएका निसीखोला गाउँपालिकाका युवकको कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निसीखोला–२ का २९ वर्षीय युवकको रिपोर्ट पोजेटिभ देखिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए ।

उनी केही समय अगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसिरहेका थिए । मिर्गौला, फोक्सो र स्वासप्रस्वासमा समस्या देखिएपछि भारतमा उपचार गराउन गएका उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि फर्किएको बुझिएको डा. मल्लले जानकारी दिए ।

उनी भारतबाट केहि दिन अगाडी उनका परिवारका ५ जना फर्किएको र स्वाब परीक्षणमा ३ जनाको नेगेटिभ आएको र एक जना बच्चाको रिपोर्ट आउन बाँकी रहेको मल्ले बताए । उनले नेगेटिभ आएका सबैको पुनः पिसिआर परीक्षण गरिने बताए । मृतक युवकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 374 times, 1 visits today)

epaper

ताजा समाचार

दुर्गम संखुवासभाको सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण