Friday, August 14, 2020
Home अर्थ वन्यजन्तुको आवत जावतका लागि यस्तो बन्दैछ ‘ओभरहेड ब्रिज’

वन्यजन्तुको आवत जावतका लागि यस्तो बन्दैछ ‘ओभरहेड ब्रिज’

बर्दिया । बर्दियाको खाता करिडोर क्षेत्रमा पर्ने हुलाकी सडक खण्डमा वन्यजन्तुको आवतजावतका लागि ओभरहेड ब्रिज बन्ने भएको छ । राजमार्गमा वन्यजन्तुको आवागमनका लागि ओभरहेड ब्रिज बन्न लागेको यो नेपालको पहिलो योजना हो । प्रदेश नं ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा यो योजनाको डिपिआर तयार भइसकेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । गौमुखि इन्जिनियरिङ्ग सर्भिस प्रालि ललितपुरले यसको डिपिआर तयार गरेको हो ।

खाता करिडोर क्षेत्रमा पहिलो चरणमा बन्ने ओभरहेड ब्रिज ४५ मिटर चौडाइ हुने योजनामा उल्लेख छ । यो योजना निमार्णका लागि करिव ९ करोड रुपैँया लागत लाग्ने बताइएको छ । योजनाको वातावरण प्रभाव मूल्याङ्कन भएलगत्तै आर्थिक वर्ष २०७७÷०७८ देखि निमार्ण कार्य सुरु हुने डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लले बताए । वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि प्रदेश नं ५ को यो एकदमै नविनतम योजना रहेको बताइएको छ ।

वन्यजन्तुलाई पुलको अनुभव नहुने गरि यसको संरचना तयार पारिने बताइएको छ । पुलको माथि रुख,विरुवा तथा झाडीहरु रोपिने छ । जसले गर्दा वन्यजन्तुले जंगलमै हिडेको महशुस गर्ने छन्

खाता करिडोर क्षेत्र मधुवन नगरपालिकामा पर्दछ । हुलाकी सडकको झण्डै २ किलोमिटर क्षेत्र खाता करिडोरमा पर्छ । जसमध्ये करिव साढे ५ सय मिटर सडक क्षेत्रमा वन्यजन्तुको आवतजावत बढी हुने गर्छ । वन्यजन्तुको आवागमन बढी हुने क्षेत्रमा ओभरहेड ब्रिज बन्ने भएको हो । खाता करिडोर क्षेत्र वन्यजन्तुका लागि निकै महत्वपूर्ण मानिन्छ । खाता करिडोरले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रलाई जोडने गर्छ । खाता करिडोर भएर हात्ती, गैँडा, बाघलगाएतका संरक्षित वन्यजन्तुहरु नियमितरुपमा नेपाल–भारत आवतजावत गर्ने गर्छन् ।

वन्यजन्तुको आवागमनलाई मध्यनजर गरि खाता करिडोर क्षेत्रमा वन्यजन्तुका लागि ओभरहेड ब्रिज बन्न लागेको डिभिजन वन कार्यालयले जनाएको छ । खाता करिडोर क्षेत्र संरक्षणका दृष्टिकोणले दक्षिण एशियाकै निकै महत्वपूर्ण जैविक मार्ग मानिन्छ । खाता जैविक मार्गको महत्व र संरक्षणलाई ध्यानमा राखेर नेपाल सरकारले सन् २०१२ मा यो क्षेत्रसँग जोडिएका वन क्षेत्रलाई खाता संरक्षित वन घोाषण गरेको छ ।

नेपालमा वन्यजन्तु ओहोरदोहरका लागि अन्डरपास ब्रिज निमार्ण भएका छन् । तर खाता करिडोर क्षेत्रमा बन्न लागेको यो ओभरहेड ब्रिज नेपालकै पहिलो प्रयास भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लले बताए ।

वन्यजन्तुलाई पुलको अनुभव नहुने गरि यसको संरचना तयार पारिने बताइएको छ । पुलको माथि रुख,विरुवा तथा झाडीहरु रोपिने छ । जसले गर्दा वन्यजन्तुले जंगलमै हिडेको महशुस गर्ने छन् । करिडोर क्षेत्रमा ओभरहेड ब्रिज बनेपछि बन्यजन्तुहरु निवार्धरुपमा एक वनवाट अर्को वनमा आतजावत गर्न सक्ने छन् । भने सडक दुर्घटनाबाट वन्यजन्तुको मृत्यु हुने क्रम न्यूनिकरण हुनुका साथै मानव–वन्यजन्तु द्धन्द्धसमेत कम हुने संरक्षणकर्मीहरु बताउँछन् ।

वन्यजन्तु ओहरदोहर गर्ने खाता करिडोरमा वन्यजन्तुमैत्री संरचना निमार्ण गर्न संरक्षणकर्मीहरुले विगतदेखि नै माग गर्दै आएका थिए । खाता करिडोर क्षेत्रमा वन्यजन्तुमैत्री संरचना निमार्णका लागि बहुसरोकारवाला सवालमा सहजिकरण गर्दै आइरहेको संवाद समूह बर्दियाले सरोकारवाला पक्षहरुसँग विभिन्न समयमा अन्तरक्रिया गर्दै आइरहेको थियो ।

२ वर्ष अघि जिल्लामा भएको जैविक मार्ग संरक्षणका सवाल र दिगो समाधानका उपाय सम्वन्धी अन्तरक्रियामा प्रदेश नं ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले खाता करिडोर क्षेत्रमा ओभरहेड ब्रिज बनाउने प्रतिवद्धता जनाएका थिए ।

(Visited 342 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

मकवानपुरमा ह्वात्तै बढे कोरोना संक्रमित,एकै दिन ५२ जना थपिए

चुरे मकवानपुर। मकवानपुर जिल्लामा पछिल्ला दिनहरुमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । विहीबार एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना...

रौतहटको सिमा क्षेत्रमा भैंसी तस्कर र प्रहरीबीच झडप

रौतहट । रौतहटको सिमा क्षेत्र राजपुर नगरपालिकामा बिहिबार दिउसो भैसी तस्कर प्रहरी बिच दोहोरो झडप भएको छ । झडपलाइ नियन्त्रण लिन रौतहट प्रहरीले १४...

सुदूरपश्चिमका १६ जना प्रहरीलाई कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिममा नेपाल प्रहरीका १६ जनालाई कोरोना संक्रमण देखिएको छ । बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत...

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ

काठमाडौँ । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । आज...

भर्खरै

सडकमा क्रस गरेर अकासे पानी र ढल

काठमाडौं । ललितपुरस्थित महालक्ष्मी नगरपालिका–६ मा सडकमाथि क्रस गरेर पानी र ढल बग्ने बनाएपछि सडकमै डुबान भइरहेको छ । वर्षाको पानी बगेर सडक भत्किएपछि...

सहसचिव र उपसचिवको नयाँ भर्ना खुल्ने !

काठमाडौं । कोभिड–१९ को बढ्दो संक्रमणबीच पनि सरकारका विभिन्न निकायमा रिक्त रहेका सहसचिव र उपसचिवमा नयाँ भर्ना प्रक्रिया सुरु हुने संकेत देखिएको छ । संघीय...

ओली–दाहाल छलफल समाधान उन्मुख

काठमाडौं । सत्तारूढ नेकपामा देखिँदै आएको संकट पाँच दिनभित्रै समाधान हुने घोषणा गरेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि नै अर्का अध्यक्ष पुष्पकमल...

मकवानपुरमा ह्वात्तै बढे कोरोना संक्रमित,एकै दिन ५२ जना थपिए

चुरे मकवानपुर। मकवानपुर जिल्लामा पछिल्ला दिनहरुमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । विहीबार एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना...

धेरै पढिएका

२२ औँ बुढासुब्बा गोल्डकप : मछिन्द्रको शानदार जीत

इटहरी । धरानमाजारी २२ औँ बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा एसएफसी कोलकाता र शहीद स्मारक...

सहरी विकास मन्त्रालयमा थरीथरीका अनियमितता

काठमाडौं । सहरी विकास मन्त्रालयमा विभिन्न किसिमका बेरुजु र अनियमितता पाइएको छ । आम्दानीमा बढी खर्च देखाउन राजस्वलगायत विभिन्न किसिमका रकमसमेत समावेश गरिएको पाइएको...

कोरोना खोपको विकास र आशा

घरबाहिर निस्कदा लाग्छ, अहिले देशमा कोरोनाको महामारी छ र ! जताततै भिडभाड छ । चोकचोकमा बन्द भएका ट्राफिक लाइट खोलिएका छन् । सवारी जाम...

१२ जना सुरक्षाकर्मीमा कोरोना : उच्च मनोबलका साथ अग्रभागमा

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको बन्दाबन्दीको आदेश कार्यान्वय गर्न सुरक्षाकर्मी अग्रपङ्क्तिमा खटिएका छन् । सङ्क्रमको जोखिम कायमै हुँदा सुरक्षाकर्मीले...

ई-पेपर

(Visited 46 times, 1 visits today)