आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफू मातहतमा रहेको सबै २७ खेलकुद संघलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ । भिडियो कन्फरेन्सको माध्यमबाट एनओसीले संघका पदाधिकारीसँग एन्टी डोपिङको महŒव’bout बुधबार भएको छलफलले सबै खल संघलाई आफ्नै नियम बनाउन निर्देशन दिएको हो ।

एनओसीले संघहरूलाई १५ अगस्टभित्र संघले एन्टी डोपिङ नियम बनाएर नेपाल एन्टी डोपिङमा बुझाउन निर्देशन दिएको छ । एनओसीका मेडिकल कमिसनका अध्यक्ष डाक्टर सरोजकृष्ण श्रेष्ठले संघका पदाधिकारीलाई २०२१ बाट विश्व एन्टी डोपिङ कोडको धारा १८ अनुसार सबै संघले आफ्नै एन्टी डोपिङ नियम बनाउनुपर्ने नियम लागू गरेको जानकारी गराएका थिए । यस्तै डाक्टर श्रेष्ठले २०२१ पछि एन्टी डोपिङ नियम नभएको संघले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने नियम रहेको समेत जानकारी गराएका थिए ।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यसलाई सकारात्मक र गम्भीर रूपमा लिनुपर्ने बताउँदै हाम्रा खेलाडीहरूले निषेधित पदार्थहरू खाइरहेका छन् कि भनेर सतर्क हुनुपर्ने बताएका छन् ।

ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले संघलाई एन्टी डोपिङ नियम बनाउन आवश्यकता परे एनओसी, मेडिकल कमिसन र एनओसीका स्टाफले सहयोग गर्ने बताएका छन् । छलफलमा एनओसीमा आबद्ध २७ खेलकुद संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

epaper

ताजा समाचार

डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’