Tuesday, August 11, 2020
Home Editor-Picks ‘फेक’ पत्रकारिताको नाममा घृणाको व्यापार

‘फेक’ पत्रकारिताको नाममा घृणाको व्यापार

काठमाडौं । भारतीय सञ्चार माध्यमले पत्रकारिताबाहेक सबै गर्छन् भन्ने विश्वव्यापी भनाइ पुनः प्रमाणित भएको छ । खबरमा हुनुपर्ने वस्तुनिष्ठता, निष्पक्षता र विश्वसनीयताभन्दा बाहिर गएर हालै भारतको चर्चित टेलिभिजन कम्पनी जी न्युजको ‘जी विहार–झारखण्ड च्यानल’ मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे लगातार गलत रिर्पोटिङ प्रसारण हुनुले मिडियाको निर्लज्जता देखाएको छ । आधारहीन र तथ्यहीन रिपोर्टिङको आडमा घृणाको व्यापार गर्ने शैलीले त्यहाँका नागरिकका लागि भ्रम फैलाउने काम मात्रै गरेको छ ।

भारतको जी च्यानलले ‘ओलीकी इस्किया’, ‘अतरंगी मुलाकात और नेपाल हार गए ओली’ जस्ता शीर्षक प्रयोग गरेर समाचार प्रसारण गरेको छ । जुन समाचार प्रसारणले नेपाल अब भारत छाडेर चीनतिर ढल्कियो भन्ने आशयको छ । माया प्रेमको जाल बुनेर बनाइएको सो कथाले पत्रकारिताभन्दा पनि प्रोपोगाण्डा मच्चाउने काम मात्रै गरेको छ ।

कालापानीमा भारतीय फौज कहिलेदेखि बसेका हुन्, नेपाल र भारतीको सीमा क्षेत्र काली नदीको संगम कहाँ छ, नेपालको दाबी सही छ कि छैन भनेर खोज्न चाहेनन्

भारतीय च्यानलले प्रसारण गरेको समाचारको विषयलाई लिएर पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र कमल थापाले आपत्ति जनाएका छन् । श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रधानमन्त्रीका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर । हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति हामी एक ढिक्का छौं । विदेशीको फुटाउ र स्वार्थ पूरा गर्ने नीति सफल हुन दिनेछैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’

त्यस्तै, राप्रपाका नेता तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले ट्वीट गर्दै प्रधानमन्त्री ओलीसँग विभिन्न विषयमा गम्भीर मतान्तर भए पनि भारतीय मिडियाको उक्त विmयाकलापको भत्र्सना गरेका छन् । भारतीय मिडियाले प्रकाशन र प्रसारण गर्ने यस्तो क्रियाकलापले नेपाल र भारतबीचको सम्बन्ध राम्रो हुन नसक्ने समेत बताएका छन् ।

भित्री कोठामा बसेर एकोहोरो मनगढन्ते कुरा बनाएर समाचारका रूपमा प्रस्तुत गर्ने र टिआरपी बढाउने काम मात्रै भारतीय मिडियाले गरिरहेका छन् । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमिलाई समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेसँगै तिलमिलाएको भारतीय मिडियाले पछिल्लो समय नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनर्गल प्रचार र फेक समाचार बनाउने कामले निरन्तरता पाइरहेको छ ।

यस्तो आपत्तिजनक समाचारबारे नेपाल सरकारले अहिलेसम्म आधिकारिक धारणा बाहिर ल्याएको छैन । यो विषयमा नेपाल सरकारले आफ्नो प्रस्ट धारणा बाहिर ल्याउनुपर्ने धेरैले सुझाव दिइरहेका छन् । राजनीतिक नक्सा सार्वजनिक गरेदेखि भारतीय मिडियाले गर्दै आएको नाटक प्रदर्शन अझै रोकिएको छैन ।

अर्थ तथा सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले भारतीय मिडियामा आएका समाचारका विषयमा कूटनीति तवरबाट कुरा हुन सक्ने बताए । भारतीय मिडिया आफैं अनुशासित हुनुपर्ने उनले सुझाव दिए । यसको विषयमा कानुनी बाटो खोज्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल र नेपाली नेताहरूबारे भारतीय मिडियामा आएका समाचार र टिप्पणीप्रति असन्तुष्टि जनाएका छन् । मन्त्री भट्टराईले भारतीय मिडियाले प्रधानमन्त्री, नेपाली नेताहरू र नेपालको सवालमा गरेका टिप्पणीले पूर्वीय सभ्यताको उपहास भइरहेको बताए ।

बिहीबार ट्वीट गर्दै मन्त्री भट्टराईले लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री, नेपाली नेताहरू र नेपालको सवालमा भारतीय सञ्चार माध्यममा आइरहेका समाचार तथा टिप्पणी हेर्दा लाग्छ, पूर्वीय सभ्यताको उपहास भइरहेको छ । उनीहरूले आफैंलाई खुलेआम नङ्ग्याइरहेका छन् । दया लाग्छ उनीहरूको चिन्तनप्रति !’

जम्मु काश्मीर क्षेत्रलाई स्वायत्त अधिकारबाट हटाएसँगै भारतले नेपालको भूमिसमेत समेटेर राजनीतिक नक्सा जारी गरेपछि विवाद शृंखला सुरु भएको थियो । नेपालले आफ्नो हडपिएको भूमि समेटर नक्सा जारी गरेपछि विवादले उत्कर्ष रूप लियो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई नेपालले नक्सा जारी गर्दै संविधान संशोधन गरेपछि भारतीय मिडियाले तथ्यभन्दा बाहिर गएर एकोहोरो अनर्गल प्रचार गरे ।

भारतीय मिडियाले सीमा विवादको विषलाई अत्यन्त सतही र अनर्गल प्रचार गरे । तथ्य र ऐतिहासिक विषयभन्दा पनि सतहमा बग्ने र प्रचार गर्ने काम गरे । कालापानीमा भारतीय फौज कहिलेदेखि बसेका हुन्, नेपाल र भारतीको सीमा क्षेत्र काली नदीको संगम कहाँ छ, नेपालको दाबी सही छ कि छैन भनेर खोज्न चाहेनन् ।

नेपालले नक्सा जारी गरेपछि भारतसँग वार्ताका लागि तीनपटक आग्रह गर्दा समेत अस्वीकार गरेको छ । ऐतिहासिक तथ्य र प्रमाणसहित नेपाल भारतसँग वार्तामा बस्न तयार भइरहेको अवस्थामा भारतले भने कुनै जवाफ दिएको छैन । बरु भारतले नेपालले जारी गरेको नक्सामा आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयलाई १० असारमा कूटनीतिक नोट पठाएको छ ।

भारतले अघिल्लो वर्ष कात्तिकमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दै नेपाली भूभाग पनि आफ्नैतिर समेटेको थियो । नेपालले विरोध जारी नै रहेको बेलामा फेरि गत वैशाखमा उसले नेपाली भूमि हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेको थियो । प्रतिक्रियामा नेपालले ७ जेठमा नयाँ नक्सा जारी गरेको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले आफ्नो निशान छाप परिवर्तन गर्न संविधान नै संशोधन गरिसकेको छ ।

मिडिया आफैं अनुशासनमा बसोस् : सरकार
नेपाल सरकारले सबै मिडियालाई अनुशासनमा बस्न सचेत गराएको छ । भारतीय एउटा टेलिभिजनले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूतसँगको विषयलाई लिएर फेक सामग्री प्रसारण गरेपछि नेपालमा भारतीय च्यानल बन्द गर्न चर्को आवाज उठिरहेको बेला सरकारले भने आफैं अनुशासनमा बस्न सचेत गराएको हो ।

सरकार प्रवक्ता डा. युवराज खतिवडाले दुर्भाव फैलाउन र चरित्र हत्या गर्ने, मर्यादालाई आँच पु¥याउने, प्रतिष्ठा घटाउने गरी गरिएका समाचारको भत्र्सनासमेत गरेका छन् । ‘सरकारले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा मिडिया आफैं अनुशासनमा बसोस्, उसले स्वस्थ र सही समाचार मात्रै सम्प्रेषण गरोस् भन्ने हुन्छ,’ उनले बिहीबार पत्रकार सम्मेलनमा भने ।

सरकारका प्रवक्ता खतिवडाले प्रधानमन्त्री ओली र नेपाल–चीन सम्बन्धबारे प्रचार गरिरहेका सामग्रीबारे राजनीतिक र कानुनी उपचार खोज्ने अवस्था आउन सक्ने चेतवानी पनि दिएका छन् ।

‘यो कुरामा कूटनीतिक माध्यम पनि परिचालन गर्नुपर्ने हुन्छ, अस्वस्थ र हाम्रो राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र नेपालीहरूको स्वाभिमानमा आँच पु¥याउने किसिमका समाचार सम्प्रेषण नगर्न सबै मिडियालाई हामी अनुरोध पनि गर्छौं । त्यसमा छिमेकी देशका मिडियाहरू पनि पर्छन्,’ उनले भने ।

(Visited 184 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

सिन्धुलीको कमलामाई नगरपालिकामा मंगलबारदेखि लकडाउन

सिन्धुली । कमलामाई नगरपालिकाले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी एक हप्ताका लागि नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय...

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

काठमाडौँ । नेपालमा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ४३२...

सप्तरीमा निषेधाज्ञा थप एक साता बढाइयो

राजविराज । कोरोना जोखिम न्युनिकरणका लागि सप्तरी जिल्लामा गरिएको निषेधाज्ञा प्रशासनले मंगलबारदेखि एक साताका लागि बढाउने निर्णय गरेको छ । जिल्ला सुरक्षा संकट व्यवस्थापन समितिको...

भर्खरै

‘रेमडिसिभिर’ दर्ता गर्न विभागको आलटाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको...

उपत्यकामा कोरोना सन्त्रास, सरकारी सेवाहरू ठप्प

ललितपुर । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकामा हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन् भने नौ जनाको...

गोंगबु हत्या प्रकरण : भान्छामा घाँटी छिनाइयो, शौचालयमा घुँडामाथिको भाग

काठमाडौं । आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । प्रहरीले हत्या भएको घरसमेत...

अन्तरजिल्ला यातायात १६ भदौपछि मात्रै खुल्ने, सीमामा कडाइ सशक्त पारिने

काठमाडौं । सरकारले अन्तरजिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि मात्रै खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड—१९ संकट...

धेरै पढिएका

बैतडीमा मेयर र वडाध्यक्षमाथि कुटपिट

बैतडी । बैतडीमा १ नगरप्रमुख र एक वडाअध्यक्ष कुटिएका छन् । जिल्लाको पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र दोगडाकेदार गाउँपालिका ७ का वडाअध्यक्ष भरत...

गाउँको सडक पिच भएपछि स्थानीय हर्षित

रौतहट । कोरोना भाइरस संक्रमणको देश गुज्रिरहदा अन्य स्थानीय तहले भौतिक पुर्वाधारको विकास गर्न नसकिरहेको अबस्थामा चन्द्रपुर नगरपालिकाले भौतिक पुर्वाधारको विकास निमार्णलाइ पनि तिब्रता...

मनाङमा पहिलो पटक संक्रमित भेटिए, गण्डकीमा एकैदिन ४२ जनामा संक्रमण

पोखरा । हिमालपारीको जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमण देखिएको ४ महिनासम्म मनाङमा पहिलो पटक संक्रमित भेटिएको हो...

खप्तड गोल्डकपमा १२ टोली

धनगढी । चौथो संस्करणको नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सोमबार ट्रफी सार्वजनिक गरिएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोटर््स...

ई-पेपर

(Visited 46 times, 1 visits today)