नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित

फाइल तस्वीर

काठमाडौँ । पटक पटक स्थगित भई आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सात दिनपछि (साउन २ गते शुक्रबार) का लागि सरेको छ । आज बिहान ११ बजेका लागि राखिएको बैठक देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लामा जनधनको ठूलो क्षतिसमेत भइसकेको अवस्थामा सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्धार एवं राहतमा लाग्न निर्देशन दिइएको छ । प्राकृतिक विपत्ति हुने सक्ने सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन दिँदै सातदिन स्थायी कमिटी बैठक स्थगन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटमार्फत जानकारी दिए ।

आन्तरिक विवाद मिलाउन शीर्ष नेताको छलफल चलिरहेकाले बैठक पटकपटक सर्दै आएको छ । पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच पछिल्ला दिनमा दैनिकजसो छलफल भइरहेको छ भने पार्टी एकता जोगाउन दोस्रो तहका नेता र अन्य कार्यकर्ताले दबाब दिँदै आएका छन् । स्थायी कमिटीको बैठक यही असार १० गतेदेखि शुरु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न