विवादमा कोरोना प्रभावित सिनेमाको सूची

काठमाडौं । चलचित्र विकास बोर्डको मागबमोजिम कोरोना संक्रमणबाट प्रभावित भएका चलचित्रको नाम नेपाल चलचित्र निर्माता संघले बोर्डमा बुझाएको छ । संघले बोर्डमा ६४ वटा चलचित्रको नाम बुझाएको बोर्ड अध्यक्ष दयाराम दाहालले बताएका छन् ।

तर, त्यो सूचीमा भएका सिनेमाहरूमध्ये वास्तविक पीडित सिनेमाको सूची तयार गरेर मात्र राहत दिनुपर्ने माग निर्माताहरूको रहेको छ । निर्माता संघका महासचिवदेखि पदाधिकारी सदस्यहरूले समेत पीडित सिनेमा छानेर पीडित सिनेमाका निर्मातालाई राहत दिनुपर्ने बताएका छन् ।

दाहालका अनुसार कोरोना संक्रमणबाट प्रभावित भएर अड्किएका चलचित्रको सूची तयार गरेर बुझाउन तीन साताअघि निर्माता संघलाई बोर्डले सूचना गरेको थियो । सोही सूचनाको आधारमा निर्माता संघले ६४ चलचित्रको नाम बुझाएको हो ।
जसमा २ नम्बरी, म यस्तो गीत गाउँछु–२, हिरो रिटर्न्स, माया बस्छ कि के हो, झिंगे दाउ, उल्झन, पोखराकी काली, प्रेमगीत–३, सिमानामा काँडेतार, मन्त्र, हली, सम्हालिन्छ कहिले मन, हिजो आजका कुरा, लक्का जवान, मन परेसी, आकासे खेती, एक, डेसान, शिरफूल, उफ् यो मन, के घर के डेरा, ‘दि होल टाइमर, पारस, घनचक्कर, मनको बाँध, लिम्बो, मेरो आफ्नो, तीन जन्तु, षट्कोण रहेका छन् । यस्तै, नालापानी, हेल्लो काशीराम, उफ् यो मन, आरुषी, यो माया कस्तो माया, पानी फोटो, माइकल अधिकारी, कठपुतली, देवी, फेक फ्रेन्ड, कोपिला, परदेशी, सम्झना बिर्सना पनि कोरोनाबाट प्रभावित सिनेमा भनेर बोर्डमा नाम बुझाइएको छ ।

अन्य प्रभावित सिनेमाको सूचीमा सुस्केरा, तु, विच्छेद, गुञ्जन, चालबाज, हेलो जिन्दगी, इन्काउन्टर, नीरफूल, चिसो एस्ट्रे, रेखा थापाको अनटाइटल प्रोजेक्ट, बद्रीबहादुर, वडाध्यक्ष, चपली हाइट–३, जारी, सेन्टी भाइरस, आमा, आई एम ट्वान्टी वान, लप्पन छप्पन–२, निम्तो, ऐना झ्यालको पुतली, ए मेरो हजुर–४, गोर्खे, लै बरी लै, हृदयभरि रहेका छन् ।
तर, यीमध्ये केही चलचित्र डिस होममा रिलिज भइसकेको, केही चलचित्रको विदेशमा रिलिज गरिएको र केही चलचित्रको निर्माणको लागि बोर्डमा समेत नाम दर्ता नगरिएको रहेको नेपाल चलचित्र निर्माता संघका केही सदस्यहरूले बताएका छन् । यो विषयमा चलचित्र विकास बोर्डले कुनै प्रतिक्रिया दिएको छैन ।

आफूहरूले बोर्डको मागबमोजित चलचित्रको नाम बुझाएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि बताएका छन् । यस्ता चलचित्रहरूलाई बोर्डको मातहतबाट केही सहुलियत प्राप्त हुने विश्वास निर्माताहरूलाई छ । सोही कारण आफूहरूले चलचित्रको सूची तयार गरेको बुझाएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताएका छन् ।
निर्माता संघका सदस्यहरूले आफ्नो सिनेमा कोरोना संक्रमणबाट निर्माण तथा प्रदर्शन प्रभावित भएको भन्दै संघमा फारम भरेको आधारमा आफूहरूले सूची बनाएर बोर्डमा बुझाएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीको कथन छ ।
सरकारले फिल्म निर्माताहरूलाई के सहुलियत दिने भन्ने’bout अहिलेसम्म चलचित्र विकास बोर्डले कुनै निर्णय गरेको छैन । बोर्ड आफैंले पनि यसको निर्णय गरेको छैन । अहिले बुझाइएको सूचीबाट वास्तविक पीडित निर्माताहरूले राहत पाउनुपर्ने सम्बन्धित निर्माताहरूको माग छ ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै