जुम्लामा सुत्केरी र शिशुसहित २४ जनाले जिते कोरोना

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी र उनका अठार दिने शिशुसहित २४ जना व्यक्तिले कोरोना जितेर घर फर्किएका छन् । स्वाब परीक्षणमा कोरोना पिसिआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेनमा रहेका एक जना शिशुसहित २४ जनाको रिपोर्ट १४ दिनपछि पुन : परीक्षण गर्दा नेगेटिभ आएपछि विहिबार साँझ घर फर्काएको हो ।

सिंजा गाउँपालिका – ४ काडागाउँकी ३९ बर्षीया एक महिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएपछि आमा र बच्चा दुवैमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । प्रतिष्ठानको आइसोलेसनमा राखेर १४ दिनपछि पुन परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि १८ दिने बच्चा, सुत्केरी आमा सहित २४ जनालाई घर पठाएको अस्पताल निर्देशक डा। मंगल रावलले जानकारी दिएका छन् ।

प्रतिष्ठानका अनुसार आइसोलेसनमा १२ जना रहेका छन् । कोरोना रिपोर्ट नेगेटिभ आएर आइसोलेसनबाट घर फर्किने क्रममा खादा ओडाएर विदाई गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा र प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले योगदानको कदर गर्दै सुरक्षित हुन अनुरोध गरेका छन् । कोरोना जितेर घर जितेर घर फर्किएकाहरुलाई पनि १४ दिनसम्म होम क्वारेन्टिनमा बस्न चिकित्सकले सुझाएका छन् ।

प्रजिअ थापाले चिकित्सकहरुको सुझाबलाई मनन गर्दै व्यक्तिगत अनुशासन र सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् । यस पटक कोरोना संक्रमणबाट निको हुनेमा सुत्केरी महिला, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरु रहेका छन् । यसअघि पनि भारतबाट आएका केही व्यक्ति र क्वारेन्टिन व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सहयोगी गरी २६ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्केका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली