खानेपानी विवादले बालकको ज्यान लियो, ४ जना पक्राउ

डडेल्धुरा । आलिताल गाउँपालका–६ मा खानेपानीको विवाद हँुदा बालकको ज्यान गएको छ । भौना र झरकाडा गाँउका युवाबीच खानेपानीको विषयलाई लिएर झडप हुँदा ८ वर्षीय हिमान्चु महराको मुत्यु भएको हो ।

शुक्रबार राति करिब ९ बजेतिर भएको झडपमा बालक घाइते भएको र राति नै उपचारका लागि धनगढी पुर्याइएको थियो, शनिबार विहान उपचारकै क्रममा बालकको मृत्यु भएको मृतक बालकका बुवा गणेश महराले बताए ।

मदिरा सेवन गरी खानेपानीको विषयमा झगडा गर्ने ४ जना युवाहरुलाई प्रहरीले नियन्त्रण गरि जिल्ला प्रहरी कार्यालयमा ल्याइदै गरेको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए । घटना संलग्न ४ जनालाई नियन्त्रणमा लिएका छौं, प्रहरी प्रमुख न्यौपानेले भने, ‘बाँकी अन्य विषयमा अनुसन्धान जारी छ ।’

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु