जुरिच । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए)ले यो सिजनको बाँकी रहेको यूईएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वार्टर फाइनलदेखि फाइनलसम्मको खेल तालिका सर्वाजनिक गरेको छ ।
स्विट्जरल्यान्डस्थित यूईएफएको मुख्यालयमा खेल तालिका सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको खेल तालिकअनुसार क्वार्टर फाइनलमा स्पेनिस क्लब रियल मड्रिड र इटालीयन क्लब युभेन्टसबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ । तर, दुवै टोली प्रि–क्वार्टर फाइनलको पहिलो लेगमा आआफ्ना प्रतिद्वन्द्वीसँग पछि परेका छन् ।
कोरोना महामारी सुरु हुनुअघि चार क्लब इटालीयन क्लब एटलान्टा, जर्मन क्लब आरबी लाइपजिग, स्पेनिस क्लब एट्लेटिको मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्वार्टर फाइनलको स्थान बनाइसकेका छन् । क्वार्टर फाइनल देखिका खेलहरू एक लेगमा हुनेछ । सबै खेल पोर्चुगलको लिस्वनमा मिनि टुर्नामेन्टको रूपमा १२ देखि २३ अगस्टसम्म हुनेछ । त्यसअघि ७ र ८ अगस्टमा प्रि–क्वार्टर फाइनलका बाँकी खेलहरू हुनेछन् ।
क्वार्टर फाइनल
रियल मड्रिड वा म्यानचेस्टर सिटीविरुद्ध लियोन वा युभेन्टस
आरबी लाइप्जिग विरुद्ध एटलेटिको म्याड्रिड
नपोली वा बार्सिलोनाविरुद्ध बायर्न म्युनिख वा चेल्सी
एटलान्टाविरुद्ध पेरिस सेन्ट जर्मेन
सेमिफाइनल
पहिलो क्वार्टर फाइनल विजेताविरुद्ध तेस्रो क्वार्टर फाइनल विजेता
दोस्रो क्वार्टर फाइनल विजेताविरुद्ध चौथो क्वार्टर फाइनल विजेता
फाइनल
दोस्रो सेमिफाइनल विजेताविरुद्ध पहिलो सेमिफाइनल विजेता






