Saturday, August 8, 2020
Home Breaking News अमिताभ र अभिषेक पनि कोरोना सँक्रमित, जया र ऐश्वर्याको कोरोना रिपोर्ट नेगेटिभ

अमिताभ र अभिषेक पनि कोरोना सँक्रमित, जया र ऐश्वर्याको कोरोना रिपोर्ट नेगेटिभ

मुम्बई । भारतमा कोरोनाको महामारी फैलिएको बेला बलिउड चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा एवम् अभिनेता अभिषेक बच्चन कोरोना सँक्रमित भएका छन् । शनिबार राती अमिताभको कोरोना रिपोर्ट पोजेटिभ आयो । त्यसपछि अभिषेकको कोरोना परिक्षण गर्दाको उनको पनि शनिबार राती नै कोरोना भाईरस पोजिटिभ देखिएको छ ।

आफुलाई कोरोना सँक्रमण भएको अमिताभले सामाजिक संजाल ट्विटर मार्फत जानकारी शनिबार राती नेपाली समय अनुसार ११ बजेर ८ मिनटमा जानकारी गराएका छन् । कोरोना संक्रमित भएपछि अमिताभलाई शनिबार राती मुम्बईको नानावटी अस्पताल भर्ना गरिएको छ । लकडाउन खुलेपछि अभिनेता अमिताभले कौन बनेका करोडपति सहित अन्य छायाँकन सुरु गरेका थिए ।

सो क्रममा पूर्ण सावधानी अपनाए पनि आफुलाई कताबाट कोरोना सर्यो भन्नेबारे उनी प्रस्ट हुन सकेका छैनन् । त्यसैले आफुसँग सम्र्पकमा आएकाहरुmलाई कोरोना भाईरस परिक्षण गर्न उनले अनुरोध गरेका छन् । अमिताभलाई अस्पताल भर्ना गरेको केही समयपछि अभिषेकमा पनि कोरोना भाईरस पोजेटिभ देखिएको हो । अभिषेकको पनि रिपोर्ट पोजेटिभ आएपछि उनलाई शनिबार मध्यराती अस्पताल लगिएको छ । यसरी कोरोना सँक्रमित भएपछि अमिताभ र अभिषेक दुबैजनालाई अस्पताल भर्ना गरिएको हो । तर अभिताभकी पत्नी एवम् अग्रज अभिनेत्री जय भादुडी र अभिनेत्री ऐश्वर्य राय बच्चनको कोरोना टेस्ट नेगेटिभ आएको छ ।

अभिषेक र ऐश्वर्याकी छोरी आराध्याको कोरोना रिपोर्ट बारे शनिबार मध्यरात पछि पनि खुलाईएको छैन । अमिताभले शनिबार राती आफुलाई कोरोना भएको जनाउँदै सामाजिक संजालमा लेखेका छन्, ‘मलाई कोरोना पोजिटिभ देखिएको छ । म अस्पतालमा भर्ना भैसकेको छु । मेरो परिवार र स्टाफको पनि कोरोना परिक्षण भएको छ तर रिपोर्ट आएको छैन । पछिल्लो १० दिनदेखि मेरो सम्पर्कमा आउने सबैलाई म कोरोना परिक्षणका लागि अनुरोध गर्दछु ।’ यसरी ७७ बर्षका बलिउडका यी सफल नायकले आफूलाई विगत १० दिनयता भेट्ने सबैले कोरोना परिक्षण गर्न आग्रह पनि गरेका छन् । बच्चन परिवारका दुई सदस्य अमिताभ र अभिषेकमा कोरोना सँक्रमण देखिएपछि उनीहरुको घर शनिबार मध्यरातमा शिल गरिएको छ । जया र ऐश्वर्यालाई केही दिन अलग रुपमा क्वारेन्टाईनमा बस्न स्वास्थ्य विभागले अनुरोध गरिएको छ ।

शनिबार राती नै अमिताभको घरका काम गर्ने कामदार र उनको अफिसमा काम गर्ने कर्मचारीको पनि स्वाव नमुना सँकलन गरेर परिक्षणको लागि पठाईएको छ । कौन बनेगा करोडपति सहित अमिताभसँग जोडिएका सिनेकर्मी, प्राविधिकहरु पनि अहिले त्रसित भएका छन् । आईतबार उनीहरुको पनि कोरोना परिक्षण गरिने भएको छ । यता अमिताभ र अभिषेकलाई कोरोना सँक्रमण भएपछि देश बिदेशका प्रसँसकदेखि सिनेकर्मी, आफन्तसम्मले उनीहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

(Visited 127 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

क्वारेन्टिनमा बस्दै आएकी युवतीले गरिन् आत्महत्या

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी एक युवतीले आत्महत्या गरेकी छिन् । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी युवती शुक्रबार दिउँसो झुण्डिएको...

कोरोना संक्रमितका दुःख : अस्पताल जाउँ ठाउँ छैन, घरमै बसौं गाउँलेले हेप्छन्

इटहरी । प्रशासनले बेवास्ता गरेकाले इटहरीका कोरोना संक्रमित घरमै बसेका छन् । मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट...

काठमाडौंमा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९२ जनामा संक्रमण...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

भर्खरै

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

धेरै पढिएका

जोखिमको ग्राफ उचालिँदो

काठमाडौं । लकडाउन अन्त्य भएयता कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । यो अवस्थाले आगामी दिन निकै चुनौतीपूर्ण र जोखिमपूर्ण...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ । साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक...

विराटनगरमा काेराेना सङ्क्रमणबाट एक जनाकाे मृत्यु

बिराटनगर ।  विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा...

ई-पेपर

(Visited 45 times, 1 visits today)