महिनादिन बितिसक्दा पनि सञ्चालन आएन मौसमी राडर

फाइल तस्वीर

दैलेख । सुर्खेतको रातानाङ्गालामा रहेको मौसमी राडर विग्रिएको महिनादिन बितिसक्दा पनि सञ्चालनमा आएको छैन । विपदको बेला मौसमसम्बन्धी पुर्वसुचना दिने राडार दक्ष जनशक्तिको अभावले गर्दा सञ्चालनमा आउन नसकेको हो ।

२०७७ जेठ महिनाको अन्तिम साता चट्याङले जेनेरेटर र युपीएस बिग्रिएपछि अझै राडार सञ्चालनमा आउन नसकेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका निमित्त प्रमुख विनोद पराजुलीले जानकारी दिए । ‘राडार सञ्चालनमा आएपछि कहिले चट्याङले हानेर, कहिले ट्रान्सफर्मर बिग्रिएर समस्या आउने गरेको छ । ‘पछिल्लो समय जेठ अन्तिम साता चट्याङले जेनेरेटर र युपीएस बिग्रेपछि पूरै बन्द भयो ।’

नयाँखालको प्रविधि सञ्चालन गर्न दक्ष प्राविधिक कर्मचारी नहुँदा नियमित सञ्चालन गर्न नसकिएको निमित्त कार्यालय प्रमुख पराजुली बताए । काठमाण्डौंबाट दुईपटक प्राविधिक टिम ल्याएर बनाउँदा पनि पूर्णरुपमा सञ्चालन गर्न सकेन । यो सातामै सञ्चालनमा आउने गरी काम भइरहेको छ ।

विपदको बेला सुचना दिने मौसमी राडर विपद् आउने समयमा काम नगर्दा राडार प्रति स्थानीयबासीको रतिभर विश्वास नलागेको स्थानीय व्यापारी बताउँछ । हामीलाई विश्वास नै लागेको छैन । यसले विपदको बेला काम गर्छ भनेर । चाहिने बेला बन्द हुने नचाहिने बेला सञ्चालनमा आए केको काम दानबहादुर दशौदीले दुखेसो पोखे । सुर्खेतको रातानाङ्ला डाँडामा सञ्चालित नेपालकै पहिलो राडार बिग्रिएको एक महिना बित्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । विपदको बेला मौसमसम्बन्धी पुर्व सुचना दिन सुर्खेतको रातानाङ्ला रहेको राडर ।

तपाइको प्रतिक्रिया
(Visited 313 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली