दैलेख । धन हुने सँग मन हुँदैन । मन हुने सँग धन हुँदैन । तर धन नभएपनि मन भएका मनकारी कलाकार लोकेन्द्र जिसी (कुमार) ले दुई महिनाको घरभाडा छुट दिएर घरमा बस्दै आएकालाई सजिलो बनाई दिएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरस संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको लकडाउनमा नेपालगञ्ज उपमहानगरपालिका घरभाडामा बस्दै आएकालाई दुई महिनाको घर भाडा छुट दिएका छन् ।
गायक जिसीेले नेपालगञ्ज उपमहानगरपालिका —१९ शान्ती नगरको घरभाडामा बस्दै आएकालाई दुई महिनाको १६ हजार घरभाडा छुट दिएका हुन् । नेपाल सरकारले विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड १९ विरुद्धको लडाईमा घरधनीले घरभाडामा बस्दै आएकालाई घरभाडा नलिनु सन्देश पाएपछि आफुले सरकारको बचनलाई सहयोग गरेको गायक लोकेन्द्र जिसीले बताए । उनले आम नागरिक विपद परेको बेला नागरिक र सरकारलाई थोरै भएपनि सहयोग गर्नु सभ्य नागरिकको पहिचान भएको हुँदा आफुलाई घरभाडा छुट दिएको बताए । ‘हामी कलाकारले पीडितका गित मात्र गाउँदैनौं । पीडितलाई भएसम्म सहयोग गछौं भन्ने हो । यसले गर्दा पीडितलाई न्यायको अनुभुति हुन्छ’, उनले भने ।
त्यसैगरि गायक जिसीले नेपाल पत्रकार महासंघ शाखा दैलेखको कार्यालयको व्यवस्थापनको लागि ५ हजार, विपन्न परिवारका लागि दैलेखी युथ क्लबलाई ५ प्याक चामल उपलब्ध गराएको जानकारी दिए । ‘लकडाउनले गर्दा घरभाडामा बस्ने, ज्यालामजदुरी गरेर जिविनयापन गर्दै आएकोलाई समस्या छ भनेर मैले उहाँको गुजारा चलाउनको सानो सहयोग गरेको छु’,उनले थपे ।
शिक्षक पेशाबाट संगित तिर
गायक जिसी पछिल्लो समय लोकदोहोरीका चल्तीका कलाकार हुन् । वर्षे विदाको अधिकाँश संगिततिर समय खर्च गर्छन । लोकेन्द्र जिसी दैलेख स्थित सरस्वती उच्च माध्यामिक विद्यालयका सह प्रधानाध्यापक हुन् । संस्कृति भन्ने वित्तिकै हुरुक हुने जिसीले गीत संगितलाई आफ्नो पेशा बनाउन नसकिने पनि त्यो पेशालाई माया चाही मारेका छैनन् । शिक्षक पेशामा लागेपनि वर्षे विदाको उपयोग गर्दै थुप्रै गीत रेर्कड गराइसकेका छन् । पहिलो दोहोरी एल्वम ०६८ सालमा “कस्तो माया लाए, म आफुलाई भन्दा बढी तिम्मलाई माया गर्न आखिर धोखा खाए र “केही दिन सानु म टाढा हुँदाखेरी कि तिम्मले छुट्टै संसार भेटी सक्यौं र” जस्ता थुप्रै लोकदोहोरी गाएका छन् ।
अध्यय्नको शिलसिलामा २०६२ मा काठमाण्डौ गएका जिसीले आफुलाई रामकृष्ण ढकालको ‘कहिले हँसायो कहिले रुवायो’ भन्ने गीतले नै संगीततिर लाग्ने महत्वपुर्ण भुमिका खेलेको बताए । गायक जिसीले गीत संगीतलाई पेशा बनाउन नसकेपनि जिल्ला स्तरमा उहाँलाई कलाकार मास्टर भनेर चिन्ने गर्दछन् ।
२०६२ सालमा प्रेम विवाहमा बाँधिनु भएका गायक पछिल्लो पुस्ताका युवायुवतीहरु माया प्रेममा धेरै धोखा खाने गरेकाले आफुले त्यस प्रेमको स्वादलाई उर्जागर गर्न माया प्रेमको गीत लेख्ने गरेको बताए । उनले भने, “मैले गीत रेर्कड गराउँदा चल्दैनकी भन्ने निकै डर थियो पछि बजारमा आउँदा राम्रै स्थान पाएको छ ।” सानै उमेरदेखी आफुले घरमा मादल र बाँसुरी बजाउँदा आमा बाबु हप्काई खानुपरेको क्षण सम्झदै उनले भने । पहिले त्यसरी आमाबाबु हप्काई खाएपनि आजभोलि सबैले कलाकार भनेको र गीत सुन्दा घरपरिवारबाट सहयोग पाइरहेको जानकारी दिए । जिसीको आधुनिक गीती संग्रह ‘विच बाटो’ ओ प्रिय कता नाता जोड्यो, सँग जीवन विताउने भनेको घाइते बनाई छोड्यौ, र हावाको लहरसँगै तिमी विना मर्ने नै भए म अधुरा ती रहर, देउडा गितलगायत दर्जनौं गीत बजारमा आइसकेका छन् ।