उद्धार र राहत सँगै अघि बढाऊ

देशका विभिन्न भागमा विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो मात्रामा धनजनको क्षति भएको छ । हरेक वर्षको वर्षायाम कतिपयको काल बनेर आउने गरेको छ । यो प्राकृतिक विपतिसँगै कोको माटोमा विलय हुनुपर्ने हो त्यसको कुनै अनुमान नै गर्न सकिने अवस्था छैन । अघिल्लो दिन ठीकठाक आफ्नै घरमा सुतिरहेका मानिस भोलिपल्ट अकल्पनीय मृत्यु भोग्न बाध्य भइरहेका छन् । पछिल्लो समय तनहुँमा त्यस्तै भएको छ । पहिरोमा परी व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने रिसिङमा पाँच जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । यसैगरी, पहिरोकै कारण कास्की, म्याग्दी, संखुवासभा, सिन्धुपाल्चोकलगायतका जिल्लामा पनि दर्जनांै व्यक्तिको मृत्यु भइसकेको छ भने हजारांै विस्थापित भएका छन् । गृह मन्त्रालयका अनुसार पछिल्ला पाँच दिनमा मात्रै देशभर बाढीपहिरोका कारण ७ हजार व्यक्ति विस्थापित भएका छन् । विस्थापितहरूलाई बिहान–बेलुकी दुई छाक खानसमेत कठिन भइरहेको छ । यस्तै समयमा हो, सरकार र राज्यले कुशल अभिभावकत्व ग्रहण गर्ने । त्यसैले, सरकारी निकायले विस्थापित भएका घरपरिवारलाई तत्काल अस्थायी रूपमा व्यवस्थित बसोबास र खानपानको व्यवस्था गर्नुपर्छ ।

कोभिड–१९ को संकट बेहोर्न बाध्य भइरहेका जनताले अहिले बाढीपहिरोको संकट बेहोर्न विवश भइरहेका छन् । हाम्रो भौगोलिक अवस्थाका कारण पहाडमा पहिरो र तराईमा बाढी तथा डुबानको समस्याले सर्वसाधारण सताइने गरेका छन् । त्यसैले, सरकारले पहाड र तराईको अवस्थाको विश्लेषण गरी पहिरो र बाढीबाट प्रभावित हुन सक्ने सम्भाव्य ठाउँको पहिचान गर्नुपर्छ । त्यस्ता जोखिमयुक्त ठाउँको पहिचान गरेपछि वर्षायाममा ती स्थानमा जुनसुुकै समयमा पनि बाढीपहिरो जान सक्ने भएकाले नजिकैका स्थानमा उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राख्नुपर्छ । विभिन्न जिल्लामा पहिरोमा परेका दर्जनौं व्यक्ति हालसम्म पनि बेपत्ता नै छन् । बेपत्ता भएकाको समयमा नै उद्धार हुन नसक्दा उनीहरू बाँच्ने सम्भावना करिबकरिब अन्त्य भइसकेको अवस्था छ । संकटमा परेको व्यक्तिलाई सबैभन्दा पहिला उद्धार गर्नुपर्छ त्यसपछि मात्रै राहत उपलब्ध गराउने हो । तर, अहिले प्रभावित क्षेत्रमा न त राम्ररी उद्धार हुन सकेको छ, न त राम्ररी राहत नै पुग्न सकेको छ । संघ, प्रदेश र स्थानीय सरकार गरी तीनवटा सरकार हँुदा पनि घटना घटेका क्षेत्रमा राहत र उद्धारका कार्य प्रभावकारी रूपमा हुन नसक्नु घोर विडम्बना भएको छ ।

यस्तो अवस्थामा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षाकर्मीहरू रातदिन नभनी काममा खट्नुपर्छ । केन्द्रीय सरकारले कहाँ राम्ररी उद्धार हुन सकेको छैन र राहत पुग्न सकेको छैन, त्यसको अध्ययन अनुसन्धान गरी छिटोभन्दा छिटो उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै खाले संयन्त्र परिचालन गर्नुपर्छ । प्रधानमन्त्री मातहत रहेको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा अर्बौं रुपैयाँ थन्किएको तर बाढीपहिरोबाट प्रभावितले प्रशस्त मात्रामा राहत पाउन नसेकेको भन्ने गुनासासमेत आइरहेका छन् । त्यसैले, केन्द्रमा रहेको पैसा आवश्यकताका आधारमा जिल्लाहरूमा पठाउन ढिलाइ गर्नुहुँदैन । त्यसैले बाढीपहिरोबाट हराइरहेकालाई छिटोभन्दा छिटो खोजी गर्नुपर्छ भने घरबारविहीन बनेकालाई राहत र पुनर्वासको व्यवस्था गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

बजार पुँजीकरण २१ खर्ब १८ अर्ब पुग्यो
कोरोना संक्रमणबाट सिरहामा थप एकको मृत्यु
चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने
बैंग्लोरसँग हैदरावाद १० रनले पराजित
निजी क्षेत्रको साहसिक उद्घोष
स्वास्थ्य र सुरक्षाकर्मीलाई गाउँपालिकाको दैनिक भत्ता

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी