बझाङ । प्रगतिशील युवा समाजले बझाङका ४ वटा स्थानीय तहमा रहेका अतिविपन्न परिवार र क्वारेन्टाइनमा बस्दै आएकालाई राहत सामाग्री वितरण गरेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका, केदार स्युँगाँउपालिका, थलारा गाँउपालिका र छविसपाथिभेरा गाउँपालिकामा रहेका अतिविपन्न घर परिवारलाई नगरपालिका तथा गाँउपालिकाहरुको समन्वयमा राहात सामाग्री वितरण गरेको हो ।
प्रगतिशील युवा समाजसँग विभिन्न परियोजनामा साझेदारी गरी रहेका युएमएन र वल्डभिजन सस्थाको सहयोगमा जिल्लामा राहात सामाग्री वितरण गरेको हो । संस्थाको कार्यक्षेत्र रहेको जयपृथ्वी नगरपालिका र केदारस्युँ गाँउपालिकामा रहेका विपन्न ५ सय परिवारलाई राहत दिएको छ ।
राहतमा प्रति परिवार ३० केजी मसिनो चामल, ३ केजी दाल २ केजी चिनी २ केजी नुन, २ लिटर तेलसहित ४ वटा साबुन छ । यसका साथै थलारा गाँउँपलिका, जयपृथ्वी नगरपालिका र केदारस्युँ गाँउपालिमा स्थापना भएका क्यारेन्टाइममा बसेका व्यक्तिको खान बस्न सजिलोका लागि दाल तेल नुन अन्डा चिनी, तरकारी वितरण गरेको प्रगतिशील युवा समाजका कार्यक्रम संयोजक लवराज जोशीले जानकारी दिए ।