Thursday, April 22, 2021
Home खेल शहीद स्मारक लिग : आर्मीलाई हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन

शहीद स्मारक लिग : आर्मीलाई हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन

,

काठमाडौँ ।   नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ । आर्मीलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक उपाधि जित्न सफल भएको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलको ३३औँ मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गर्न पुगे । मच्छिन्द्रका रन्जित धिमालले प्रहार गरेको फ्री किक क्लियर गर्ने क्रममा आर्मीका तामाङले आफ्नै गोल पोष्टमा गोल गर्न पुगेका थिए । सो आत्मघाती गोल रोक्ने क्रममा आर्मीका गोलकिपर विकेश कुथु पोलमा ठोक्किएर घाइते भए । कम्मरमा चोट लागेका उनलाई उपचारका लागि नजिकैको ब्लु क्रस अस्पताल लगिएका थियो । 

विकेशको ठाउँमा विश्वास चौधरीलाई खेलाइएको थियो । खेल अवधिभर मच्छिन्द्र आर्मीमाथि हाबी रह्यो । आर्मीले गोल फर्काउने प्रयास गरे पनि मच्छिन्द्रका अगाडि निरीह सावित भयो । खेलको ६८औँ मिनेटमा भरत खवास तथा ७९औँ मिनेटमा टङ्क बस्नेतको प्रहारलाई मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । खेलको ८५औँ मिनेट मच्छिन्द्रका दिपक राईको फ्री किक गोल पोष्ट बाहिर गयो ।

मछिन्द्र १३ खेलमध्ये १० मा जित, दुईमा हार तथा एकमा बराबरीका साथ ३१ अङ्कसहित लिगको विजता बनेको हो । उपाधिसँगै उसले रु ५० लाख पुरस्कार प्राप्त ग¥यो । आर्मीले १३ खेलमध्ये नौ खेलमा जित, दुईमा हार तथा दुईमा बराबरी खेल्दै २९ अङ्क जोडेर लिगको उपविजेतामै चित्त बुझायो । उसले रु ३५ लाख पुरस्कार प्राप्त ग¥यो । मच्छिन्द्र अघिल्लो संस्करणमा पुछारबाट दोस्रो स्थानमा रहेको थियो । लिग च्याम्पियन बन्न मच्छिन्द्रसित बराबरी खेले पनि पुग्ने भए पनि आर्मीले स्तरीय खेल प्रदर्शन गर्न सकेन । मछिन्द्र उपाधि होडमा पहिलो पटक सामेल भएको हो भने आर्मी विसं २०६३ को लिगमा नेपाल पुलिससित पराजित भई उपविजेता बनेको थियो । 

गत मङ्सिर २७ गतेदेखि शुरु भएको शहीद स्मारक लिगको उद्घाटन खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजलाई २–० गोलले हराउँदै लिगमा विजयी शुरुआत गरेको थियो । मच्छिन्द्र विसं २०६० मा पहिलो पटक ए डिभिजन लिगमा उक्लिएको हो । खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका आन्द्रेस निया घोषित भए । लिगमा २८ अङ्क बनाएको मनाङ–मस्र्याङ्दी क्लब तेस्रो, २६ अङ्क बनाएको थ्री स्टार चौथो तथा २० अङ्कसहित नेपाल पुलिस क्लब पाँचौँ तथा १९ अङ्क बनाएको जाउलाखेल युथ क्लब छैटौँ भयो । 

उनीहरुले क्रमश ः रु २५ लाख, रु १५ लाख, रु सात लाख र रु पाँच लाख पुरस्कार प्राप्त गरे । लिगमा चार अङ्क मात्र बटुलेको सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा भएको छ । ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गरेको थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार कतार एयरवेजले एन्फालाई प्रायोजनस्वरुप रु एक करोड ७० लाख उपलब्ध गराएको थियो । एयरवेजले पहिलो चरणमा रु एक करोड दुई लाख तथा दोस्रो चरणमा रु ६८ लाख प्रदान गरेको थियो । ए डिभिजन लिगमा १४ क्लब सहभागी थिए । हरेक खेलको विजेता टोलीलाई रु ५० हजार प्रदान गरिएको थियो ।

विजेता खेलाडी, प्रशिक्षक तथा टोलीलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्मारिछरिङ शेर्पालगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार काठमाडौँको दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच भएको खेलमा बल नियन्त्रणमा लिने प्रयास गर्दै खेलाडी । तस्वीर  : रोशन सापकोटा/ रासस
 

लिगमा भरत, विशाल र अनन्त उत्कृष्ट

लिगको उत्कृष्ट फरवार्ड आर्मीका भरत खवास, थ्री स्टारका अनन्त तामाङ लिगको उत्कृष्ट डिफेन्डर, मनाङ मस्र्याङ्दी क्लबका दीप कार्की लिगकै उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका विशाल राई ‘बी’, मच्छिन्द्र क्लबका प्रवेश कटवाल लिगको उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । 

मच्छिन्द्रका विशाल राई उत्कृष्ट मिडफिल्डर र न्युरोड टिमका दर्शन गुरुङ युवा खेलाडी चुनिए । दुवैले जनही रु एक लाख पुरस्कार प्राप्त गरे । लिगको फेयर प्ले पुरस्कार थ्री स्टार क्लबले प्राप्त ग¥यो  । उसले रु एक लाख पुरस्कार प्राप्त ग¥यो । 

साभार : रासस

(Visited 135 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

साताका लोकप्रिय समाचार

छतमा छठ मनाइयो

सप्तरी, राजविराज । कोरोना संक्रमणका कारण भिडभाड नगर्न स्थानिय प्रशासनले आग्रह गरेपछि सप्तरीका कतिपय श्रद्धालुले घरको छतमै जलाशय बनाई चैती छठ पर्व मनाएका छन्...

चेतावनी होइन कारबाही

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख धेय नै मुलुकको विकास र आर्थिक समृद्धि भएको बताउँदै आएका छन् । उनले विभिन्न विकास आयोजनामा भइरहेको ढिलाइ...

नौ महिनामा व्यापार घाटा १० खर्ब

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको...

बुटवलमा हत्या गरिएका युवाकाे शव बागलुङ लगेर गाडियाे

बुटवल ।  बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा-यो । घटनाको प्रकृति हेर्दा...

सुदूरपश्चिम प्रदेश सभा : संविधान र नियमावली मिच्दै

धनगढी । प्रदेश सभालाई जानकारी नदिएर लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेश सांसद्को पद प्रदेश सभाबाट जोगाइदिने गरी प्रदेश सभा नियमावली प्रयोग गरिएको...

ट्रेन्डिङ

छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका...

स्वास्थ्य मन्त्रालयले सच्यायो गल्ती, कोरोना संक्रमितको संख्या २ सय ४५

जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान ७ जना नयाँ संक्रमित थपिएको भनेर दिएको सूचना त्रुटिपूर्ण देखिएको छ । धनुषा, महोत्तरी र सर्लाहीमा...

कोरोना प्रकोप र अबको बाटो

मृत्यु हरेक प्राणीको अन्तिम भय हो । बाँच्नको लागि उसले सकेसम्म प्रयत्न गर्दछ । वास्तवमा अहिले विश्व जगत्का मानिस कोरोना भाइरसविरुद्घ मृत्यु र जीवनसँग...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८० हजार ३००

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । पहेँलो धातु सुनको मूल्य वृद्धि सँगै नयाँ रेकर्डसमेत...

सिन्धुपाल्चोकमा इन्जिनियरहरुले दिए स्वाब संकलन बुथ (फोटो फिचर)

सिन्धुपाल्चोक । कोरोना भाइरसका संक्रमित विरामीहरुको स्वाब संकलनका लागि सुरक्षित बुथ नहुँदा समस्यामा रहेका सिन्धुपाल्चोकका स्वाथ्यकर्मीले अब भने स्वाब संकलनका लागि सुरक्षित बुथ पाएका...

आज संसदमा प्रस्तुत हुने नीति तथा कार्यक्रमप्रति नेकपाभित्र असन्तुष्टि

काठमाडौं । संसद्को संयुक्त बैठकमा आज (शुक्रबार) राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । तर, पार्टीभित्र छलफल नगरी...

कोभिड–१९ को असरविरुद्ध हाम्रो कर्तव्य

इतिहासको विभिन्न कालखण्डमा विभिन्न नामले धेरै प्रकारका माहामारीले करोडौंको संख्यामा मानिसको प्राण लिएको अध्ययन र सन् १९७० पछिका माहामरी मैले नजिकबाट नियालेको अनुभव छ...

तोलामा नै १,३०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले ओरालो लागेको छ । पछिल्ला केही दिनमा लगातार उकालो लागेको...

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै...

केन्द्रीय कारागारमा कैदीको शंकास्पद मृत्यु

काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका एक कैदी बन्दीको शंकास्पद मृत्यु भएको छ । केन्द्रीय कारागारको भद्र ब्लकमा जेल जीवन बिताइरहेका सिद्धार्थनगर...

प्यानोप्टिकन, लकडाउन र आइसोलेसन

१७औं शताब्दीको अन्त्यतिर एक सहरमा प्लेग नामको महामारी डढेलोझैं फैलिइरहेको थियो । महामारी नियन्त्रण हेतु निश्चित नियम र उपायसहित अनिवार्य परिपालना गर्न÷गराउन जनताका नाममा...

बैतडीमा क्वारेन्टाइनमा बस्नेको संख्या दिनप्रतिदिन बढ्दै

बैतडी । बैतडीमा भारतबाट आएर क्वारेन्टाइनमा बस्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतमा लकडाउन खुकुलो हुँदा भारतमा रोजगारी गर्न गएका नेपाली नागरिक धामाधम...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)