Sunday, June 13, 2021
Home Not-to-be-missed युभेन्टस बराबरीमा

युभेन्टस बराबरीमा

,

रोम । दुई गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा युभेन्टस इटालियन सिरी ‘ए’मा ससुलोसँग बराबरीमा रोकिएको छ । एलेक्स सान्द्रोले गोल गरेपछि युभेन्टस सस्सुलोसँग ३–३ गोलको बराबरीमा रोकिएको हो । ससुलोको मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसका लागि डानिलो, गोन्जालो हिगुआइन र एलेक्स सान्द्रोले गोल गरे । घरेलु टोलीका फिलिप, डोमिनिको बेरारडी र फ्रान्सिस्को कापुटोले गोल गरे ।

रोमाञ्चक बनेको खेलको दोस्रो मिनेटमा नै मिरालेम प्यानिचको पासमा डानिलोको गोलबाट युभेन्टसले सुरुवाती अग्रता बनाएको थियो । १२औं मिनेटमा प्यानिचकै पासमा हिगुआइनले गोल गरेपछि युभेन्टसले खेलमा २–० को अग्रता लिन सफल भयो । २९औं मिनेटमा घरेलु टोलीका फिलिप डिजुरिसिसले गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को अवस्थामा ल्याए । ५१औं मिनेटमा डोमेनिकोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि नै फ्रान्सिस्कोले गोल गरेपछि युभेन्टस खेलमा पछि परेको थियो ।

६४औं मिनेटमा युभेन्टसका एलेक्स सान्द्रोले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । ससुलोविरुद्ध गोल गर्न नसक्दा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो लगातार सातांै खेलमा गोल गर्न असफल रहे । यसअघि रोनाल्डोले लगातार ६ खेलमा गोल गरेका थिए । बराबरीसँगै युभेन्टसले शीर्षस्थानमा एटलान्टालाई ७ अंकले पछि पारेको छ ।

युभेन्टसको ७७ तथा एटलान्टाको ७० अंक छ । सस्सुलो ४७ अंक जोडेर सातांै स्थानमा रहेको छ । यस्तै, अर्काे खेलमा एसी मिलानले पार्मामाथि ३–१ को सहज जित हात पारेको छ । रोमाले हेलास भेरोनामाथि २–१ को जित निकाल्दा नपोली बोलोग्नासँग १–१ गोलको बराबरीमा तथा लाजियोले उडिनेसीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

(Visited 87 times, 1 visits today)
Loading comments...

आजको समाचार

चेक गणतन्त्रकी बारबोरालाई फ्रेन्च ओपन उपाधी

पेरिस । चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले यो सिजनको फ्रेन्च ओपन महिलातर्फको उपाधी जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

परीक्षण घट्यो, संक्रमित स्वाट्टै घटे

काठमाडौं । कोभिड–१९ को परीक्षण गर्नेहरुको संख्या घट्दा संक्रमण दर पनि घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्ण...

साताका लोकप्रिय समाचार

मुख्यमन्त्रीलाई बधाई दिँदै भीम रावलले भने ‘विधि पद्दति मिच्नेहरुले शिक्षा लिने कि ?’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिएका छन्। ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत...

दुई हजार जरिमाना तिरेर छुटे गणेश लामा

  पोखरा । पोखराको एक रेष्टुरेन्टबाट बिहीबार पक्राउ परेका डन छविका काँग्रेट निकट गणेश लामा रिहा भएका छन् । निषेधाज्ञा तोडेर पोखरा आएको आरोपमा प्रहरीले...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

कविता रायको नयाँ भिडियो सार्वजनिक

  काठमाडौं । जीवन बडू र आकृती मिश्राको स्वर ‘रामपीयारी भर्सेज रामपियारा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा कबिता राय संगै मोडल सुधिर...

चुरे दोहनमा लोभी आँखा

आर्थिक वर्ष २०७८-७९ आयव्ययको सार्वजनिक बजेट वक्तव्यमा वातावरणीय मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिटी बालुवा निकासी गरी व्यापारघाटा कम गरिनेछ र निकासी गरिने खानीजन्य निर्माण...

ट्रेन्डिङ

काठमाडौँ उपत्यकामा थपिए १५९९ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३७३, ललितपुरमा १८७ र...

जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

अयोध्यामा राम मन्दिर बन्ने भएकोमा राणा प्रफुल्ल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले अयोध्यामा राम मन्दिर निर्माण हुने विषयले हिन्दु धर्ममा आस्था राख्ने सबैलाई प्रफुल्लित तुल्याएको...

देशप्रेमको गीत लिएर आइन् सुजाता

काठमाडौं । गायिका सुजाता केसीले नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली...’ बजारमा ल्याएकी छन् । जसमा सुजाताले देशको जग्गा विदेशले मिचेको कुरामा जनतालाई सह्य नभएको...

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ गर्न वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका ३० वटा मुद्दाको सुनुवाईका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलाश गठन गरेका छन् । ती...

५१५३ मा संक्रमण पुष्टि, १०८ जनाकाे निधन

  काठमाडाैं । पछिल्लो २४ घण्टामाथप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १०८ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु...

मेलम्चीको पानी आज पूजाआजा गरी टनेलमा राखियो, ७ साउनमा काठमाडौं आइपुुग्ने

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज आइतबारबाट टनेलमा पठाइएको छ । विहान साढे ८ बजे मेलम्चीको मुहानमा पूजा गरी पानी टनेलमा हालिएको...

नवलपरासीमा कार दुर्घटना, सञ्चारउद्यमीको निधन

नवलपुर । नवलपरासीको बर्दघाटबाट त्रिवेणी जादै गरेको कार दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ, २ जना भाइते भएका छन् । इलाका प्रहरी कार्यालय...

नुवाकाेटमा दुई जनाकाे पिसिआर रिपाेर्ट पाेजेटिभ

नुवाकोट । भारतबाट सुनाैलि नाका हुँदै यही जेठ १४ गते आएका २ जना म्यागङ-५ का १८ वर्ष र ३२ वर्षका दुई युवालाई काेराेना पाेजेटिभ...

सुनकोसी गाउँपालिका धुसेनीमा पहिरो, तीन घर पुरियाे

सिन्धुपाल्चाेक ।  सिन्धुपाल्चोक सुनकोसी गाउँ पालिका ६ थुम्पाखर को धुसेनी मा गए राती भीषण पहिरो जादा तीन घर पुरिएको छ।मानवीय क्षेती नभए पनि कम्तीमा...

अनुमतिबिनै धमाधम छायांकन

काठमाडौं । अभिनेता अनमोल केसी शुक्रबार नयाँ फिल्म ‘ए मेरो हजुर–४’ तयारीमा थिए । तर, स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय, चलचित्र विकास बोर्डलगायतले छायांकनका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)