यसरी मनाइयो जुम्लामा खस सँस्कृतिको साउने संक्रान्ति (फोटो फिचर)

जुम्ला । हिजो बिहीबार साउन महिनाको पहिलो दिन थियो । जब साँझ छिप्पिदै गयो, एकाएक घरका छतछतमा आगोका राँका चम्किदै गए । सिधा वारपारका गाउँबाट गालीका आवाजहरु गुञ्जिन थाले । हरेक घरमा जति परिवार सदस्य छन् त्यति नै राँका बालेर आ–आफ्नो छत तथा आगनमा आफू र आफ्नो घरमा रहेको फोहर लैजाउ, रोग व्यादी सवै जावस भन्ने कामना अनुसारका आवाज सुनिन थाले ।

जुन जुम्ली नागरिकले परापूर्वकालदेखि चलाउदै आएको खस सँस्कृतिको साउने संक्रान्ति मनाउने श्रृङ्खला थियो । स्थानीयले घरको छत, आगन र ओटालोमा राँका बाल्दै संक्राति मनाएका हुन् । साउने संक्रान्ति एक ऐतिहासिक महत्व बोकेको सांस्कृतिक पर्व पनि हो । यसलाई किसानको जीवनसँग सम्बन्धित पर्वको रुपमा लिइन्छ ।

सामान्यतया असारमा किसानहरु लामो समय हिलोमा रहन्छन्। । हिलोबाट लुतो, गायतका छालासम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । असार महिनाको काम सकिएपछि साउनमा फुर्सद हुन्छ । यही फुर्सदको पहिलो दिनलाई साउने संक्रान्ति वा लुतो फाल्ने दिनको रुपमा मनाउने गरिन्छ । जुम्लामा साउने संक्रान्तिमा जुम्लीहरुले प्रत्येक घरका छतमा राँको बाल्नुका तीनवटा मुख्य कारणहरु रहेको संस्कृति सम्बन्धिका जानकार रमानन्द आचार्य बताउँछन् ।

उनका अनुसार तीन कारणमध्ये पहिलो, हनुमानले लंका जलाएको दिनको स्मरण गर्नलाई हो । दोस्रो, लुतो, चिलाउने, आदि इत्यादि प्रदुषणजन्य रोगहरुको निवारणका लागि कण्डारकको पुजा गर्न राँको बाल्ने धार्मिक विधि विधान छ । जसले चर्म रोगहरु निको हुन्छ भन्ने विश्वास भएको हुनाले नै राँको हाल्ने गरिन्छ भने तेस्रो, जुम्ला राज्यका संस्थापक राजा बलिराज दिल्लीमा भएको हिन्दुविरोधी मुसलमानहरुको विद्रोह जितेर आएपछि त्यसैको खुसियालीमा दिपावली स्वरुप राँको हाल्ने गरिएको जनश्रुति छ ।

राँको घरको छतमा हालसकेपछि खोला पारिका गाउँलेहरुलाई गाली गर्दै लुतो फाल्ने गरिन्छ । यसरी साउने संक्रान्तिको दिन गरिने गालीका शब्दहरु अपाच्य र सुन्न नमिल्ने, भद्दा वा व्यक्ति केन्द्रित नभई खोलापारिका समग्र गाउँले केन्द्रित हुन्छन् जस्तै ‘तुतो, पाब्डो, खाइने खड्काउने लैजाउ ऐ पारिफाल्या ढाग्र्या, फाटो फेरुवा लैजाउ, नौंलो फेरुवा दिजाउ आदि ।’ यस्ता गालीमा नराम्रो दिने र राम्रो ल्याउने कुरा हुन्छन् ।

लुतो फाल्नलाई राँको फाल्दै गाली गर्ने गरिन्छ । जेठ, असारमा निरन्तर काममा खटिने छोरीचेलीहरुलाई माइत बोलाएर आराम गराउने र मीठो मसिनो खुवाउने गरिन्छ । त्यस्तै पछिल्लो समयमा साउनमा हरियो चुरा र मेहेन्दी लगाउने चलन पनि बढ्दै गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
कर्णालीमा चार महिलाले दिए मेयरमा उम्मेदवारी