कालिकोटका नागरिकको सेवामा व्यवस्त डा. गोविन्द केसी

हाडजोर्नी तथा नशा रोगका विरामीको उपचारमा गर्दै डाक्टर गोविन्द केसी । तस्बिर : विश्वनाथ सिम्खाडा

कालिकोट । स्वास्थ्य क्षेत्रको परिर्वतन गर्न भनी पटक–पटक अनसन बसेका डा. गोविन्द केसी यतिबेला कर्णाली प्रदेशको कालिकोट आइपुगेका छन् । सुदुरपश्चिमका विभिन्न पहाडी जिल्लामा हाडजोर्नीको निःशुल्क उपचार गर्दै हिडेका डा. केसी कालिकोटका नागरिकको उपचार गर्न गत बिहीबार आइपुगेका हुन् ।

सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी जिल्लामा रहेका नागरिकलाई निःशुल्क सेवा दिनका लागि डा. केसी अहोरात्र खटिएका छन् । आएकै दिन कालिकोटको स्वास्थ्य सेवा कार्यालयमा पुगेका केसी, शुक्रवार हाडजोर्नी तथा नशा रोगका उपचारमा खटिएका छन् ।

उनले भने, आफु जागिरे जीवनबाट अवकास पाएपछि काठमाडौं बस्न मन लागेन । म विभिन्न हिमाली तथा पहाडी जिल्लामा गएर सेवा दिने गरेको छु । सोहीको सिलसिलमा कालीकोटमा आएको हुँ ।’

‘यति दिन बस्ने टुंगो छैन, सुर चलेको दिन झोला बोकेर हिँड्न सक्छु ।’

‘अछामबाट हिडेर कालीकोट आइपुगेका केसीले कालीकोटका नागरिकलाई हाडर्जोनीको निःशुल्क उपचार गर्ने बताए । अछामको बयालपाटमा रहेको अस्पतालमा निःशुल्क उपचार गर्दै गर्दा कालीकोटमा पनि हाडजोर्नी रोगको समस्या भएको कुरा थाहा पाएपछि कालिकोट आएको हुँ’, उनले भने, ‘कालीकोट पहाडी क्षेत्र भएकाले यहाँ धेरै नागरिकहरु भिरबाट लड्ने भएकाले उनीहरुलाई हाडजोर्नीको समस्या हुने हुँदा आफुले कालीकोटमा आएर सेवा दिन लागेको छु ।’

उनले भने, ‘सुदुरपश्चिममा पनि एक दुई महिना बिताए । त्यहाँका हजारौ नागरिकको निशुल्क उपचार गरेको कालिकोट पुगेको हुँ । यहाँ पनि हाडजोर्निका विरामी उपचार गर्न आएमा समय लाग्न सक्छ , आएनन भने मात्र म अर्को ठाउँ जानेछु ।’

कुनै पनि स्थानमा कति दिन बस्ने भन्ने आफुलाई नै जानकारी नहुने डा. केसीले बताए । उनले भने, ‘विरामीको चाप हेरेर कालीकोट बस्ने हो । त्यसपछि कुन ठाउँ जाने भन्नेसमेत पनि थाहा छैन । अव कालीकोटमा विरामीको चाप हेरेर कालीकोटमा सेवा दिनेछु ।’

डाक्टर केसी कालिकोटमा उपचार गर्न आएको थाहा पाएपछि हाडजोर्नी तथा नशा रोगका विरामीको भीड लागेको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटमा उपचारमा खटिएका केसीलाई भेट्न र उपचार गराउन भनी जिल्लाका विभिन्नबाट विरामी आइपुगेका छन् । डाक्टर केसीले भने, ‘यति दिन बस्ने टुंगो छैन, सुर चलेको दिन झोला बोकेर हिँड्न सक्छु ।’

तपाइको प्रतिक्रिया
(Visited 325 times, 1 visits today)

epaper

ताजा समाचार

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु