ललितपुरमा ८२ जना कोरोना संक्रमित

ललितपुर । ललितपुर जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ । आइतबार जिल्लामा २ जना संक्रमित थपिएपछि संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । कार्यालयका अनुसार महिला ३६ जना र पुरुष ४६ जना रहेका छन् । ललितपुर महानगरभित्रै संक्रमितको संख्या ४५ पुगेको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा ललितपुरमा २ जनामा संक्रमण देखीएको बताएका हुन् । मन्त्रालयको ब्रिफिङ पछि स्वास्थ्य कार्यालय ललितपुरले विवरण सार्वजनिक गर्दै आइतबार देखिएका संक्रमितमा ललितपुर महानगरपालिकामा अस्थायी बसोबास गर्ने २१ र २२ वर्षका दुई पुरुष रहेको पुष्टि गरेको हो ।

स्थायी ठेगाना भारत भएका उनीहरु गत साउन १ गते ललितपुर महानरपालिकामा अस्थायी बसोबास गर्दै आइरहेको कार्यालयले जनाएको छ । अहिलेसम्म ललितपुरमा महानगरपालिका र महालक्ष्मी नगरपालिकामा गरी २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी