धादिङमा पहिरामा बेपत्ता किशोरीको मृत्यु

धादिङ । गजुरी गाउँपालिका–२ मलेखुस्थित फुर्केखोला र मलेखुबजार पुल छेउमा पहिरामा परेर बेपत्ता किशोरीको शव फेला परेको छ । मृत्यु हुनेमा १७ वर्षीया निरुता परियार रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रराज खड्काले जानकारी दिए ।

घरमाथिबाट पहिरो आएर घरसमेत बगाएको थियो । पहिरामा पुरिएकी निरुताको नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनालगायतले उद्धार गरेको उद्धारमा संलग्न रामहरि थापाले बताए । पहिरो जाँदा पाँच घर पुरिएका छन् । घर पुरिएकालाई छिमेकीको घरमा राखिएको छ । घटनामा पाँचजना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर छ ।

यसैगरी थाक्रे गाउँपालिका–६ की ६० वर्षीया लक्ष्मी पुनमगरलाई महेशखोलाले बगाउँदा बेपत्ता भएकी छन् । बाढी आएको खोला तर्न लाग्दा महादेव बेँसीबाट हराएको महादेव बेँसी प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक किरण पोखरेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तेस्राे स्थानमा रहेकी सिर्जना सिंह भन्छिन, जित्ने आश बाँकी नै छ