बराबरीमा मड्रिडको सिजन अन्त्य

मड्रिड । कोरोना महामारीपछि सुरु भएको खेलमा उच्च प्रदर्शन गर्दै स्पेनिस ला लिगा च्याम्पियन बन्न सफल भएको रियल मड्रिडले बराबरीबाट यो सिजनको अन्त्य गरेको छ ।

खेलमा दुईपटक अग्रता लिएर पनि जोगाउन नसक्दा रियल रेलिगेसनमा परेको लेगानेससँग २–२ गोलको बराबरी खेल्दै यो सिजनको अन्य गरेको हो । यससँगै रियलले कोरोनापछि ११ मध्ये १० खेलमा जित र १ बराबरीको नतिजा निकाल्यो । घरेलु टोली लेगानेसका ब्रयन गिल र रोजर एसालेले गोल गरे । रियलका कप्तान सर्जियो रामोस र मार्काे एसेन्सियाले गोल गरे ।

खेलको नवौं मिनेटमा इस्कोको क्रसलाई रामोसले हेडमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गएिको पहिलो मिनेटमा ब्रयन गिलले जोनाथन क्रिस्टियन सिल्भाको पासलाई सदुपयोग गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५२औं मिनेटमा इस्कोको पासमा मार्काे एसेन्सियोले गोल गरेपछि रियलले पुनः खेलमा २–१ को अग्रता बनाएको थियो ।

७८औं मिनेटमा जोनाथनकै पासमा रोजरले गोल गरेपछि लेगानेसले खेललाई पुनः २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो । च्याम्पियन रियललाई बराबरीमा रोके पनि लेगानेसले रेलिगेसन टार्न सकेन । लेगानेस सबै ३८ खेलबाट ३६ अंक जोडेर १८औं स्थानमा रहँदै दोस्रो डिभिजनमा घटुवा हुन पुग्यो । बराबरीपछि रियलले ३८ खेलबाट ८७ अंक जोडेर दोस्रो स्थानमा रहेको बार्सिलोनालाई ५ अंकले पछि पार्दै यो सिजनको अन्त्य ग-यो ।

यस्तै यो सिजन दोस्रो स्थानमा चिक्त बुझाएको बार्सिलोनाले डिपोर्टिभो एलाभेसमाथि ५–० को सानदार जित निकाल्दै जितबाट ला लिगाको यो सिजन अन्त्य गरेको छ । बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सीले दुई तथा अन्सु फाती र लुइस स्वारेजले समान एक गोल गरे ।

एट्लेटिको मड्रिडसँगै सेभिल्लाले च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्दा भिल्लारियल युरोपा लिगालाई छनोट हुँदा रियल सोसिडाडले युरोपा लिगका लागि छनोट खेल खेल्नुपर्ने भएको छ । लेगानेस, मालोर्का र एस्पान्योल यो सिजन दोस्रो डिभिजनमा घटुवा हुने टोली बन्यो ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारद्वारा रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी, के गर्न पाइन्छ, के पाइदैन ?

कुरी-कुरी