समुदायमा फैलियो कोरोना : दैलेखको एकै गाउँपालिकामा १६ जनामा कोरोना पुष्टि

ठाटीकाँध बजार क्षेत्र । फाइल तस्वीर

दैलेख । विश्वभरि फैलिएको कोरोना भाईरस संक्रमित पुष्टि हुँदै गइरहेको बेला दैलेखको ठाटीकाँधमा एकैदिन १६ जनामा कोरोना पुष्टि भएको छ । क्वारेन्टाइन र आइसोलेशनमा क्षेत्र वरिपरि रहेका व्यापारीमा कोरोना भाईरसको परीक्षण गर्दा बुधवारमा दैलेखको ठाटीकाँधमा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा शिक्षक व्यापारी,विद्यार्थी कृषक रहेका छन् । ठाटीकाँध गाउँपालिका वडानं –१ का ३२ बर्षीय शिक्षक र ६० बर्षीय कृषकमा कोरोना पुष्टि भएको छ भने वडानं –२ मा १ महिला १४ बर्षीय बालकसहित ५ जना,वडानं –३ मा कृष्ण आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्राधानाध्यापक गरि २ जना,वडानं –४ मा दैलेखको एक गैरसरकारी संस्थामा कार्यरत १ जना महिला र वडानं –६ मा १ शिक्षक सहित ५ जना व्यापारीमा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकाहरुलाई आईसोलेशनमा राखिएको ठाटीकाँध गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र भण्डारीले बताए ।

कोरोना देखिनेमा ठाटीकाँध गाउँपालिका २ जना महिला १४ जना पुरुष रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए । कोरोना देखिनेमा पुरुषहरु क्रमश ः ३२, ६०,१४,२१,४०, ४१,४४, ५३,५६,२५,२७,३४,३५,४२ उमेर समुहका छन् ,’ भने,‘२७ र ३० बर्षीया दुईजना महिला रहेका छन् ।’

कोरोना पोजेटिभ देखिनेमा धेरै जना ठाटीकाँध बजारका व्यापारीहरु रहेका छन् । यस्तै कृष्ण माध्यामिक विद्यालयका २ जना शिक्षक कृष्ण माविमै कक्षा १२ मा अध्यनरत वडा नं.–२ का एक विद्यार्थी, वडा नं.–४ माझखर्कमा रहेको कृष्ण आधारभुत विद्यालयका प्रधानाध्यापकलगायत ठाटीकाँध बजारमा रहेका विभिन्न होटेल व्यावसायी, कस्मेटिक व्यापारी, फुलफुल व्यापारी,एकजना कृषक, एभरेष्ट क्लबको समावेशी र दिगो ग्रामिण खानेपानी आपुर्ति सेवा परियोजनाकी एक महिला कर्मचारीलगायत १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

पछिल्लो समय लकडाउन खुले सँगै कोरोनामा हेलचेक्राई गर्दा समुदाय स्तरका कोरोना फैलिएको स्थानीयबासिको गुनासो छ । उनीहरुलाई आईसोलेशनमा राख्ने तयारी भईरहेको ठाटीकाँध गाउँपालिकाले जनाएको छ । तर, दुई जना कोरोना परिक्षण गरेर सुर्खेत गएकाले उनीहरु बाटौमै रहेको बताईएको छ । जसले गर्दा थप समुदायमा कोरोना फैलनसक्ने खतरा देखिन्छ ।

कोरोना देखिनेमा सबै जसो गाउँमा भएका हुन् । भारत लगायतका अन्य मुलुकबाट गाउँ आएकाहरु पीसिआर परिक्षण गरेर रिपोर्ट नेगेटिभ आए सँगै घरफर्किसकेको ठाटीकाँध गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रविन्द्र भण्डारीले जानकारी दिए । उनले भने, ‘करिब १५ जना जतिको कोरोना परिक्षण गर्दा नेगेटिभ आएको थियो । यस्तै यहाँ भन्दा पहिला पनि ४ जनामा कोरोना देखिएको र डिस्चार्ज भईसकेका छन्,’भण्डारीले भने । अहिले क्वारेन्टाइन खालि अबस्थामा छन् ।

ठाटीकाँध बजारका व्यापारीहरुले यसअघि लकडाउनको समयमा बजार बन्द गर्न भनिएपनि वेवास्ता गर्दै लुकीछिपी व्यापार गर्दा यो समस्या आएको एकजना व्यापारी बताए । ‘सरकारको मापदण्डलाई नमान्दा यस्तो परिस्थिती आईपरेको हो ।’ लकडाउनको समयमा समेत यहाँ कहिले पनि लकडाउन जस्तो नै भएन् । कोरोना नसरेर के हुन्छ, । ‘अब गाउँमा प्रत्येक मान्छेहरुलाई पनि कोरोना जाँच गर्नुपर्छ ।’ दैलेखमा कोरोना पोजेटिभ देखिएका ८३४ जना मध्ये ७८५ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

क्याप्सन ः बुधबार कोरोना पोजेपटिभ देखिएको ठाटीकाँध बजार क्षेत्र । एकैदिन १६ जनामा कोरोना देखिएको छ । तस्वीर ः फाईल फोटो ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अखिलको २३औं सम्मेलनः अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)