तुलसीपुर । अदालतबाट दोषी ठहर भइ फरार रहेका ७ जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सवारी ज्यान मुद्वाका टेक बहादुर गिरी, कर्तव्य ज्यान मुद्दाको शेरबहादुर बस्नेत, जबरजस्ती करणी मुद्दाको हिरालाल भन्ने लालबहादुर शाहु, सार्वजनिक मुद्दाको रामबहादुर बुढाथोकी, जारी मुद्दाको सुनिता बुढा, लुटपिट मुद्दाको होमबहादुर बुढा र समबन्ध बिच्छेद मुद्दाको रेखा बुढा रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागी सल्यान जिल्ला अदालत उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)






