कर्मचारीमा कोरोना संक्रमण भएपछि नेपालगञ्जको आन्तरिक राजस्व र यातायात कार्यालय सिल

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा अत्याधिक जनसम्पर्क हुने दुईवटा सरकारी कार्यालयका कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भए लगत्तै ती कार्यालयलाई शिल गरिएको छ ।

यातायात व्यवस्था कार्यालय नेपालगन्ज र आन्तरिक राजस्व कार्यालय नेपालगन्जका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ती दुबै कार्यालय शिल गरीएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्बाङ्गले जानकारी दिए ।

उनले पछिल्लो समयमा कोरोना संक्रमण समुदायमा पुगेको आशंका गरिएकोले परिक्षणको दायरा बढाउदै लगिएको बताउदै जिल्ला तहमा चेतना मुलक गतिविधि बढाउने, स्वास्थ्यको प्रोटोकल नअपनाउनेलाई कानूनी कारवाहीको दायरामा ल्याउने र क्वारेन्टाईनलाई थप व्यवस्थित बनाउदै लगिने योजना रहेको स्पष्ट पारे ।

उनले भने–‘अब झनै जटिल र संवेदनशिल अवस्था आएको छ । परिक्षणको दायरलाई सक्दो फराकिलो पार्ने र सर्तकता संगै सजगता पनि अपनाउदै लैजाने रणनीति अनुसार अघि बढिने छ ।’

यसैबीच जिल्ला कोभिड क्राईसिस म्यानेजमेन्ट कमिटीको सोमबार बसेको बैठकले सेवाग्राहीको अत्याधिक चाप हुने यातायात व्यवस्था कार्यालय र आन्तरिक राजस्व कार्यलयलाई तत्काल अर्को व्यवस्था नहुँदासम्म शिल राखेर परिक्षणको दायरा अझ बढाउने निर्णय गरेको सो कमिटीका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले जानकारी दिए ।

उनले अझ बढी जनसम्पर्क हुने कार्यालय र त्यहाँ सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गरी परिक्षण गरिने बताए । लकडाउन खुकुलो हुँदै गएपछि बाँकेका विभिन्न कार्यालय तथा समुदायमा रेण्डमली कोरोना परीक्षण गर्दा दुईवटा कार्यालयका कर्मचारी, मिठाई पसले, दैनिक ज्याला मजदुरी गर्दै आएको मजदुरलगायतमा कोरोना संक्रमण भेटिएपछि अवस्था अत्यन्तै जटिल बन्दै गएको हो ।

यातायात व्यवस्था कार्यालय र आन्तरिक राजस्वका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि तत्कालका लागि सबै काम बन्द गरेर कार्यालय शील गरिएको छ ।

उनीहरुसंग सम्पर्कमा आएका कर्मचारी तथा सेवाग्राहीको पहिचान गरी उनीहरुको परिक्षण गर्ने तयारी भईरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेमा हालसम्म ४ सय ४ जना कोरोना संक्रमित भएका छन् । यी मध्ये ३ सय ८० कोरोना मुक्त भएर डिस्चार्ज भई घर गएका छन भने दुई जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १/१ जिल्लामा निल