बामदेवलाई भेटन भै‌ंसेपाटी पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटी पुगेका छन् । उनको साथमा पार्टी महासचिव विष्णु पौडेलल पनि छन् ।

नेकपामा पछिल्ल्लो समय विवाद बढ्दै गएपछि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहको बैठक बसेको थियो ।

सो बैठकअघि नेता गौतमले पार्टी एकता कायमै राख्नेगरी ६ बुँदे प्रस्ताव अघि सारेका थिए । त्यसलगत्तै बैठकमा सहभागी नेता गौतमले प्रधानमन्त्रीको चर्को आलोचना गरेका थिए । ओली पक्षले आजको बैठकलाई अवैधानिक भनेर टिप्पणी गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 492 times, 1 visits today)

epaper

ताजा समाचार

मोदीको फोन प्रधानमन्त्री बालेनलाई, भने–‘सम्भव भएसम्म सबै सहयोग गर्न तयार छौं'