महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त हत्या प्रकरणमा मुद्धा खेपिरहेका आठैजना प्रहरीले सफाइ पाएका छन् । निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका तत्कालिन एसपी डिल्लीराज विष्टसमेतका आठैजना प्रहरीलाई कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएको छ । प्रमाण नष्ट र यातना दिएको मुद्दामा उनीहरु सबैले सफाइ पाएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुराज शर्माले जानकारी दिएका छन् ।
प्रमाण नष्ट र यातना दिएको अभियोगमा एसपी विष्टसहित तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का बिरुद्ध यातनाबिरुद्धको कसुरमा खड्कसिंह बिष्ट बादी र सार्बजनिक न्यायका बिरुद्ध कसुरमा दुर्गादेबी पन्त बादी रहेको ‘सार्बजनिक न्याय बिषयको कसुर’ मुद्धामा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदिश भट्ट, सइ हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद विरुद्ध जिल्ला अदालतल कञ्चनपुरमा जाहेरी दिएका थिए ।
अदालतमा दर्ता भएका दुई मुद्धामा बिहीवार प्रहरी कर्मचारीलाई सफाई दिने फैसला सुनाएको छ । खड्कसिंह बिष्ट बादी रहेको ‘यातनाबिरुद्धको कसुर’ र दुर्गादेबी पन्त बादी रहेको ‘सार्बजनिक न्याय बिषयको कसुर’ मुद्धामा जिल्ला अदालतले फैसला सुनाएको हो । जिल्ला न्यायाधीश गोपालप्रशाद बास्तोलाको इजलासमा यी दुई मुद्धाको बुधबार देखि सुनुवाई भइरहेको थियो । प्रमाण नष्ट र दिलिपसिंह विष्टका दाजु खडकसिंह विष्टले गत पुस ३ गते जाहेरी दिएका थिए । उनको जाहेरीका आधारमा नेपाल प्रहरीले अनुसनधान गरी अभियोग चलाइएको थियो ।
यसअघि तत्कालीन एसपी डिल्लीराज विष्ट साढे १० लाख, डिएसपी अंगुर जिसी पनि ९ लाख, ज्ञानबहादुर सेठी, ९ लाख र इन्सपेक्टर एकेन्द्र खड्का लाई ९ लाख, इन्सपेक्टर जगदिश भट्टलाई ४ लाख, सई हरिसिंह धामीलाई ३ लाख ५० हजार, अर्का सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए । २०७५ साउन १० गते साथी रोशनी बमको घरमा गएकी १३ वर्षिया बालिका निर्मलाको बलात्कार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट बिहान उखुबारीमा शव भेटिएको थियो ।






