काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उनले जनाएका छन् ।
भारतका गृहमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनले आफ्नो अवस्था ठीक रहेको बताउँदै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएको पनि जनाएका छन् । पछिल्ला केही दिनमा आफ्नो सम्पर्कमा आउने सबैलाई आइसोलेसनमा बस्न र कोरोना परीक्षण गर्न पनि पनि उनले सुझाव दिएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)






