सहायक प्रशिक्षक राईको निधन

काठमाडौं । सल्यान जिल्ला खेलकुद विकास समितिका एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईको उपचारको क्रममा निधन भएको छ ।

४८ वर्षीय सहायक प्रशिक्षक राईको काठमाडौं रिसर्च सेन्टरमा उपचारको क्रममा सोमबार राति निधन भएको र मंगलबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको एथ्लेटिक्स प्रशिक्षक धनीराम चौधरीले जानकारी गराए । राईको वैशाख पहिलो साता अन्नपूर्ण न्युरो अस्पतालमा ब्रेन ट्युमरको अपरेसन भएको थियो । अपरेसनपछि उनलाई क्यान्सर भएको पुष्टि भएपछि भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरिएको थियो ।

ओरल किमोपछि सुरुवाती महिना राम्रो भए पनि पछिल्लो दुई साताअघि एक्कासि भमिटिङ भएपछि केही असहज महसुस भएको थियो । दुई दिनअघि श्वासप्रश्वासमा समस्या भएपछि उनलाई काठमाडौं रिसर्च सेन्टरमा पु¥याइएको थियो । पशुपति आर्यघाटमा अन्त्येष्टि गरिए पनि उनको परिवारले सल्यानमै गएर काजकिरिया गर्ने प्रशिक्षक चौधरीले बताए ।

सल्यान खलंगाका राईको दुई छोरी, एक छोरा र श्रीमती छन् । छोराले पनि दुवै आँखा देख्दैनन् । २०५२ मा सल्यान जिल्ला खेलकुद विकास समितिमा करारमा सहायक प्रशिक्षक नियुक्त भएका उनी अझैसम्म पनि स्थायी नियुक्ति पाउन सकेका थिएनन् । २०६२ मा स्थायी नियुक्ति हुनुपर्ने भए पनि उनी करारमै कार्यरत थिए ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सेतो बाकसमा सपना बोकेकी महिला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू