Friday, July 23, 2021
Homeप्रदेशमुस्लिम समुदायको धार्मिक सभा इज्तिमा सम्पन्न

मुस्लिम समुदायको धार्मिक सभा इज्तिमा सम्पन्न

दिसा पिसाबको दुर्गन्ध फैलिन थाल्यो

,

सप्तरी, राजविराज । सप्तरीको बोदेबर्साइन ५ जाजरमा आयोजित मुस्लिम समुदायको तिन दिने धार्मिक सम्मेलन इज्तिमा सोमबार सम्पन्न भएको छ ।

नेपाल तथा भारतका गरी करिब २ लाख ५० हजार भन्दा बढी सहभागी मुस्लिम समुदायद्वारा संयुक्त रुपमा पवित्र नामाज र प्रार्थना प्रश्चात तिन दिने सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनका मुख्य प्रबचनकर्ता भारत दिल्ली स्थित मर्कट जामे मस्जिदका मौलाना मो. हजरत सादले उक्त तिन दिने सम्मेलनमा आपसी सदभाव र मानव कल्याण कार्यमा जोड दिएका थिए ।

उनले तिन दिन सम्म यति ठुलो सहभागितामा आयोजित धार्मिक सम्मेलनलाई भव्य र सभ्य बनाउन सहयोग पुर्याउने सवैमा धन्यवाद दिदै विदा लिएका थिए । सम्मेलनमा भाग लिन आएकाहरु आ–आफनो गाडी चढी घर फर्किदै गर्दा हजारौंको संख्यामा सडकमा सवारी साधनको चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको तथा घण्टौ सडक अवरुद्घ भएको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथले जनाएको छ ।

यस्तै ठुलो संख्यामा सहभागी घर फर्किएपनि अहिले कार्यक्रम स्थल भने दुर्गन्धित देखिएको स्थानियले बताएका छन् । तिन दिन सम्म लाखौं मान्छे बस्दा दिशापिसाव आदिका कारण उक्त क्षेत्र दुर्गन्धित बनेको स्थानिय राजु विश्वकर्माले बताए ।

‘दुर्गन्ध खपेर कार्यक्रम स्थल आसपास बस्न कठिन छ’, अर्का स्थानिय मो. सलिमले भने ‘यसको उचित व्यवस्थापन तत्काल हुनु जरुरी छ ।’ आयोजकले २ हजार २ सय शौचालय निर्माण गरेपनि सहभागी धेरै भएकाले आसपासका क्षेत्रमा समेत दिसाका थुप्रा देखिएको उनले बताए ।

स्थानियबासी, आयोजक र नगरपालिकाका सरसफाईकर्मीको संयुक्त प्रयासमा छिट्टै फोहोर मैलाको व्यवस्थापन गर्ने तयारी गरिएको बोदेबर्साइन नगरपालिकाले जनाएको छ ।

Loading comments...

आजको समाचार

गण्डकीमा ६ मन्त्री थपिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डलर बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली काँग्रेससहित माओवादी केन्द्रका...

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

इन्टरनेट सेवा अबरुद्ध हुँदा गाउँपलिकाका सम्पूर्ण काम बन्द सेवाग्रही मर्कामा

  हुम्ला । हुम्लाको दक्षिण भेगको ताँजकोट गाउँपालिमा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको वर्ल्ड लिंक...

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

  काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर...

साताका लोकप्रिय समाचार

राज लिम्बुको शब्दमा ‘छटपटी’

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका...

पर्यटकलाई भिसा छुट दिने घोषणा कार्यान्वयन भएन

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०७८-७९को बजेट (अध्यादेश)मार्फत विभिन्न मुलुकबाट नेपाल आउने विदेशी पर्यटकलाई एक महिना अवधिको भिसा शुल्क छुट दिने भनिए पनि...

कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा...

सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप : प्रधानमन्त्री देउवा

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै...

आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

  काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत...

ट्रेन्डिङ

रेडपण्डाको छाला र भालुको पित्तसहित तीन पक्राउ

  नेपालगञ्ज । बाँके प्रहरीले असारको अन्तिम सातासम्म विभिन्न समयमा संरक्षित बन्यजन्तु चोरी शिकारीको अभियोगमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी...

चिनियाँ रक्षामन्त्री काठमाडौँमा

काठमाडौं । चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिने भ्रमणमा काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा रक्षामन्त्री फेङ्हो...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?