मुलुकभर ४ सय ६४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार देशभर ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघेको छ । अहिलेसम्म देशभर २२ हजार २ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।

कुल संक्रमितमध्ये ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेको उनले जानकारी दिए । पछिल्लो २४ घण्टाको अवधिमा ४ सय २५ जना निको भएका छन् । अहिलेसम्म १५ हजार ८ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा