साउन ३२ गतेसम्म सुनसरीमा निषेधाज्ञा

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले ३२ साउनसम्म जिल्लाका सबै क्षेत्र निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यसअघि प्रशासनले २६ गते रातीसम्म मात्रै जिल्लाभरी निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन बृद्धि हुँदै गएकाले यसअघिको निर्णयलाई पुनरावलोकन गरी ३२ गते राती १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय भएको हो । बजार पसल खोल्ने हकमा भने स्थानीय तहलाई अधिकार भएको उनले बताए ।

निषेधाज्ञाको मिति सम्म अत्यावश्यक बाहेकका अन्य सबै सवारी साधन पनि पूर्णरुपमा बन्द गरिने उनले बताए । उक्त निर्णयको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गरिने बताईएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ