कुखुरा जोगाउन थापिएको करेन्टमा परी संचालककै मृत्यु

राजविराज । कुखुरालाई अन्य जिवजन्तुबाट जोगाउन फर्म वरिपरी बिजुलीको तार लगाई गरिएको करेन्ट प्रवाहमा परी स्वयम संचालकको मृत्यु भएको छ ।

राजविराज नगरपालिका १ रहमदपुर टोल निवासी ४० वर्षीय मो. नजामुद्दिनको सोमबार बिहान करेन्ट लागेर ज्यान गएको हो । उनी वसिम पोल्ट्रिफर्मका संचालक हुन् । फर्ममा रहेका कुखुरा अन्य जिवजन्तुले आएर खाइदिएर हैरान बनाएपछि उनले रातिको समयमा फर्म वरिपरी बिजुली तार बिच्छ्याई करेन्ट प्रवाह गर्ने गरेका थिए ।

सोमबार बिहान ६ बजेतिर फर्म हेर्न पुगेका उनी भुलवस करेन्ट प्रवाह गरिएको तारमा टासिन पुगेका थिए । वडा अध्यक्ष चन्दशेखर चौधरीले उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । मृतकको शवको सोमबारै स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न