बुटवल । बुटवलको कोरोनामा विशेष अस्थायी अस्पतालमा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने कपिलवस्तुु नगरपालिका वडा नम्बर २ का ४२ वर्षिय पुुरुष र अर्का कृष्णनगर नगरपालिका वडा नम्बर १२ का २५ वर्षिय युुवा हुुन ।
उनीहरु दुवै जनालाई स्वासप्रस्वासमा समस्या देखिएपछि बुटवलको कोरोना अस्पतालको भेन्टिलेरटमा राखिएको थियो । दुवै जनाको बुधबार बिहानपख मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । मृतकमध्ये एक जना पीसीआर पोजेटिभ आएको थियो भने अर्कोको रिर्पोट आइपुगेको छैन ।
मृतकद्धय अन्य कुुनै दीर्घरोगी नरहेको बताइएको छ । उनीहरुलाई जाँच गर्दा अन्य कुनै रोग नरहेको अस्पतालले जनाएको छ । मृत्युु हुुने ४२ वर्षिया पुुरुषको कुुनै ‘ट्राभल्स हिस्टी’ छैन । अर्का युुवा भने भारतको मुम्बईबाट हालै घर आएका थिए ।
अस्पतालका फोकल पर्सन डा. थापाले दुुवै जनामा कुुनै दीर्घरोगी नरहेको बताए । उनले भने, ‘४२ वर्षिय कतैबाट आएका होइनन । अर्का एक जना भारतको मुुम्बईबाट साउन २४ गते घरमा आएका रहेछन ।’ ति २५ वर्षिय युुवामा ज्वरो रुघाखोकी देखिएपछि कपिलवस्तुुकै स्थानीय अस्पतालमा उपचार गराए पनि स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई हिजो साँझ बुुटवल ल्याएर भेन्टिलेटरमा राखिएको थियो ।
४२ वर्षिय पुुरुष २५ गतेदेखि भेन्टिलेरटमा थिए । डा. थापाले भने, ‘हिजो आएका युुवामा पनि सबै कोरोनासँग मिल्दो लक्षण छन् । हेरौ रिर्पोट के आउछ ।’ पछिल्लो समय कोरोना समुुदायमै फैलिइसकेको छ । यस अगाडि गएको चैतमा धागो कारखानाको कोरोना अस्पतालमा रुपन्देहीको सैनामैनाका बाबुराम थापाको मृत्युु भएको थियो । तर उनको रिर्पोट भने नगेटिभ आएको थियो ।





