काठमाडौंमा मास्क नलगाई हिड्ने ६० जनालाई कार्वाही

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौले जिल्लाका विभिन्न व्यापारिक प्रतिष्ठानहरुमा सुरक्षा विधि अनुसार काम गरे नगरेको ’boutमा बुधबार पनि अनुगमन गरि कारवाही गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सम्मिलित अनुगमन टोलीले काठमाडौ महानगरपालिकाको मैतीदेवी, डिल्लीबजार, बागवजार क्षेत्रमा छुटाछुटै अनुुगमन गरेको छ । अनुगमनका क्रममा पसल, रेष्टुरेण्ट, र खु्ल्ला स्थानमा सरकारले तोकेको स्वास्थ्यसम्वन्धि प्रोटोकल पालना भए नभएको अवस्थाको अनुगमन गरि कारवाही गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए ।

अनुगमनका क्रममा माक्स नलगाई हिड्ने ६० जनालाई रु १ सयका दरले कारवाही गरिएको छ । यसैगरि ७ सय ५० वटा पसलले सामाजिक दूरी कायम नगरेको तथा सुरक्षा विधि नअपनाएकाले चेतावनी सहित सचेत पारिएको छ । यसैगरि अनुगमन टोलीले सडकमा हिडडुल गर्ने यात्री तथा चालकलाई माक्सको प्रयोग गर्न सिकाएका छन्। यस्तै माक्स किन्न नसक्ने ४५ जनालाई माक्स वितरण गरिएको छ । विहीबार पनि जिल्लाका विभिन्न स्थानमा यस्तै अनुगमन जारी राखि सुरक्षा विधि प्रयोग नगर्नेहरु माथि कारवाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन दलको संयुक्त चुनावी सभा आइतबारदेखि